इनरुवा- नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाले सत्ता-समीकरण परिवर्तनलाई लिएर कोही पनि आत्तिन नपर्ने बताएका छन्।
नेपाल प्रेस युनियन सुनसरीले बुधबार इटहरी उपमहानगरपालिकामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सत्ता-समीकरण परिवर्तनपछि केही नेता र पार्टी आत्तिएको उल्लेख गरे।
प्रतिनिधि सभा सांसद डा कोइरालाले सत्ता-समीकरण बदलिएपछि विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आत्तिएको र त्यसै कारण लामिछानेले मङ्गलबार गलत प्रतिक्रिया दिएको बताए।
कांग्रेस–एमालेबीच समीकरण बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिन आलटाल गर्नु राम्रो नभएको पनि डा कोइरालाको भनाइ छ।
दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा लोकतन्त्र कमजोर बन्ने आशङ्का व्यक्त भइरहेको भन्दै उनले दुई पार्टीले राम्रो काम गरेर यस्ता आशङ्का चिर्नुपर्नेमा जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।