काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा मुकुल ढकालले आफूमाथि गर्लफ्रेन्ड विवाद उठाइएको भन्दै असन्तुष्टि पोखेका छन्।
सभापति रवि लामिछानेले पेस गर्न नदिएको प्रतिवेदनमा उनले आफू समानुपातिक सांसदमा नगएर अरूलाई पठाउँदा नकारात्मक सोचिएको भन्दै आक्रोश पोखेका हुन्।
मङ्गलबार बसेको सचिवालय बैठकले समीक्षा प्रतिवेदनका आधारमा महामन्त्री ढकालले बनाएको प्रस्ताव केन्द्रीय बैठकमा पेस गर्न दिने निर्णय गरेको थियो। तर, बुधबार बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री ढकालले प्रतिवेदन पेस गर्न पाएनन्।
प्रस्तावमा उनले आफ्नो जीवनकै बारेमा केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक नपर्ने भन्दै महामन्त्री ढकालले ‘बिहा नै गर्ने कि नगर्ने, कुमार नै बस्ने कि, केन्द्रीय समितिले निर्णय गरिदेओस्’ भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।