काठमाडौँ-नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत दस्तावेजमाथि सामूहिक छलफल गरिएको छ । महाधिवेशनमा प्रस्तुत राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजमाथि १२ समूह बनाएर छलफल गरिएको हो ।
आज बिहान बस्ने बैठकमा दस्तावेजमाथि समूह नेताहरुले प्रस्तुति दिने कार्यतालिका छ । त्यसपछि दस्तावेज परिमार्जनसहित अनुमोदन गरिने जनाइएको छ ।
बैठक आज बिहान ११ बजे बस्नेछ । एक हजार आठ सय ४९ प्रतिनिधि छनोट गरिएको महाधिवेशनले दुई सय ९९ सदस्यीय कार्यसमिति निर्वाचित गर्ने छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।