काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य वामदेव गौतमलाई सांसद बनाउनका लागि उपनिर्वाचन भएमा सरकारको लोकप्रियता खस्किएको मापन हुने बताएका छन्।
_x000D_
_x000D_
वामदेवका लागि गर्ने भनिएको उपनिर्वाचनबारे शर्माले टिव्टमा लेखेका छन्, ‘यो राम्रो अवसर हुनेछ, सरकारलाई आफ्नो लोकप्रियता खस्किएको मापन गर्ने र सच्चिने।’ गौतम निर्वाचनमा उठ्ने अवस्था आएमा कांग्रेसले निर्वाचन जित्ने अवसर आउने शर्माले दृढता व्यक्त गरे।
_x000D_
_x000D_
‘संगठित मुभसाथ आफ्नो उम्मेदवार जिताएर पार्टी पंक्तिमा नयाँ उमंग भर्ने अवसर कांग्रेसलाई मिल्ने छ।’, उनले टिव्टमा उल्लेख गरेका छन्। उपनिर्वाचनका लागि गौतमलाई धेरै स्थानको चर्चा भएकोप्रति व्यङ्य गर्दै उनले प्रधानमन्त्रीलाई प्रश्नसमेत गरेका छन्। उनी सोध्छन्, ‘चाँडै टुंगो गर्दिनुस् न, क्षेत्र चाहिंं कुन हो?’
_x000D_
_x000D_
प्रवक्ता शर्माकाे ट्विट:
_x000D_
_x000D_

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।