• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

उजुरी नै पर्दैनन् स्थानीय न्यायिक समितिमा

64x64
नेपाल लाइभ आइतबार, असोज ७, २०७५  ०२:५७
1140x725

धनगढी– कैलालीको दुर्गम गाउँपालिका मोहन्यालको स्थानीय न्यायिक समितिमा एक वर्षको अवधिमा एउटा पनि उजुरी परेको छैन।

_x000D_ _x000D_

संघीयता लागू भएपछि स्थानीय तहमा न्यायपालिकाको अभ्यासका लागि न्यायिक समिति गठन हुने संवैधानिक व्यवस्था गरिएको छ।  संविधानको धारा २१७ मा प्रत्येक स्थनीय सरकारका उपप्रमुखको संयोजकत्वमा स्थानीय न्यातिक समिति गठन हुने व्यवस्था छ। आम नागरिकलाई न्यायको पहँुच वृद्धि गर्न स्थानीय न्यायिक समिति गठनको व्यवस्था गरिएको हो। तर, मोहन्याल गाउँपालिकामा एक वर्षभन्दा बढिको अवधि बितिसक्दा एउटा पनि उजुरी परेको छैन। 

_x000D_ _x000D_

गाउँपालिकाको आफनै कार्यालय नहुँदा उजुरी कहाँ दिने भन्ने अन्योल छ। ‘न्यायिक समिति गठन भएपनि गाउँभाले समिति पास गरेन, तसर्थ अहिलेसम्म एउटा पनि उजुरी परेको छैन’ गाउँपालिकाकी उपाध्यक्ष एवं न्यायिक समिति संयोजक पूजादेवी बुढामगरले भनिन्। न्यायिक समितिलाई आवश्यक भूमिका प्रदान नगरिएकाले सेवाग्राहीले न्यायका लागि अझैं पनि सिधैं प्रहरीमा जानुपर्ने बाध्यता रहेको उनले बताइन्। 

_x000D_ _x000D_

‘हामीसंग कार्यालय नै छैन, न त भवन नै छ’ गाउँपालिकाकी उपाध्यक्ष बुढामगरले उल्टै प्रश्न गरिन् ‘यस्तो अवस्थामा स्थानीयले कहाँ गएर उजुरी दिने?’ मोहन्यालका नागरिकले कुनै पनि सेवा लिनुपरे लम्कीचुहा नगरपालिकासँगै भएको कार्यालय धाउनुपर्ने बाध्यतो छ।

_x000D_ _x000D_

गाउँपालिकाका स्थानीयले सुुरुदेखि नै गाउँपालिकाको कार्यालय गाउँमै ल्याउनुपर्ने माग गरिरहेका छन्। दुर्गम जिल्ला भएकाले महिला हिंसा, झैझगडा लगायतका घटना भएपनि न्यायिक समिति समक्ष आइनपुगेको बताईन्।

_x000D_ _x000D_

मेलमिलापकर्ताबाट मिलापत्र गर्दै चुरे
_x000D_ कैलालीको अर्को दुर्गम गाउँपालिका हो चुरे। सो गाउँपालिकाको न्यायिक समिति गठन भएको एक वर्ष पुगे पनि अहिलेसम्म चार वटामात्र उजुरी परेका छन्। गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक दिपादेवी साउदका अनुसार दर्ता भएको उजुरी मध्ये तीन वटा मिलापत्रमा टुंग्याइएको छ, भने एउटा उजुरी प्रक्रियामा छ। न्यायिक समितिमा दुई वटा झगडाको र दुइवटा लेनदेनको उजुरी परेको उनले बताईन्।

_x000D_ _x000D_

‘चुरे गाउँपालिका दुर्गम भएकाले हामीले वडामै मेलमिलापकर्ताबाट गाउँका समस्या मिलापत्र गराउने गरेका छौं’ उनले भनिन्, ‘गाउँपालिकाको कार्यालय रहेका वरपरका स्थानीय मात्र न्यायिक समितिमा आउने गरेका छन्।’ 

_x000D_ _x000D_

न्यायिक समितिको काम कर्तव्यबारे स्थानीय जनतालाई जानकारी दिन नसकेकोले पनि उजुरी कम आएको उनले बताइन्। ‘यसबारे स्थानीयलाई जनचेतना फैलाउन जरुरी छ’ उनले भनिन्। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

जिल्लामा चार सय बढी उजुरी
_x000D_ कैलाली जिल्लामा एक उपमहानगरपालिका, छ नगर र छ गाउँपालिका गरी १३ वटा स्थानीय तह छन्। स्थानीय तहमा न्यायिक समिति गठन भएको एक वर्षभन्दा बढी भइसकेको छ। यो अवधिमा सबै स्थानीय तहमा गरी चार सय ४१ वटा उजुरी दर्ता भएको जनाईएको छ।

_x000D_ _x000D_

दर्ता भएका उजुरीमध्ये १ सय ८३ वटा मिलापत्रबाट टुङ्गाइएको छ। बाँकी २ सय ५८ वटा मुद्दामध्ये केही प्रक्रियामा र केही अदालत तथा पुनरावेदन अदालतमा पठाइएको छ। 
_x000D_ स्थानीय न्यायिक समितिमा जग्गा विवाद, गाली बेइज्जती, सम्बन्ध विच्छेद, लेनदेन, पानी निकासा, ज्याला मजदुरी, खान–लाउन नदिएको, पशु चौपाया विवाद, पशु र मानिस खोजतलास लगायतका विषयमा उजुरी आउने गरेका  छन्।

_x000D_ _x000D_

उपमहानगरमा ३९ उजुरी
_x000D_ प्रदेश ७ को एक मात्र उपमहानगरपालिका धनगढीमा अहिलेसम्म ३९ वटा मात्र उजुरी दर्ता भएका छन्। धनगढी उपमहानगरपालिका न्यायिक समितिका सदस्य रत्ना विष्टका अनुसार आर्थिक वर्ष २०७४/७५ मा २७ वटा र ०७५/७६ को भदौसम्म दर्ता भएका १२ गरी ३९ वटा उजुरी दर्ता भएका छन्। दर्ता भएका उजुरीमध्ये अधिकांशलाई मेलमिलापबाटै टुङ्गाईएको जानकारी उनले दिईन्। ३९ उजुरीमध्ये सातवटा प्रक्रियामा रहेको, दुई वटा कैलाली जिल्ला अदालतमा पठाईएको र दुईवटा उजुरीमा मेलमिलाप गराउन नसकिएको बताईन्।

_x000D_ _x000D_

व्यवस्थित छैन स्थानीय इजलास
_x000D_ कैलालीका १३ वटा स्थानीय छन्, तर तीमध्ये कुनैमा पनि इजलासका लागि व्यवस्थित ठाउँ छैन । इजलास नहुँदा जुन कोठा खाली हुन्छ त्यही बसेर छलफल गर्ने गरिएको गौरीगंगा नगरपालिकाकी उपप्रमुख तथा स्थानीय न्यायिक समिति संयोजक अञ्चला चौधरीले बताईन्।

Xtrem

Xtrem
_x000D_ _x000D_

‘कार्यालयमा नियमित आउने कर्मचारीलाई त ठाउँ पुग्दैन। पीडित आए भने एकछिन पर्खनुस् है भनेर ठाउँ मिलाउनुपर्छ’ उपप्रमुख अञ्चलाले भनिन्। 

_x000D_ _x000D_

कैलारी गाउँपालिकाको भवन भएपनि फर्निचर नहुँदा इजलास सञ्चालनमा ल्याउन नसकिएको बताइएको छ। 

_x000D_ _x000D_

जोशीपुर गाउँपालिकामा पनि भवन नहुँदा इजलास सञ्चालनमा ल्याउन नसकिएको उपाध्यक्ष गीता कठरियाको भनाई छ। ‘मैले मेलमिलाप केन्द्रको एउटा सानो हलमा छलफल गर्ने गरेकी छौं’ उनले भनिन्।

_x000D_ _x000D_

धनगढी उपमहानगरपालिकाले बैठककक्षमा नै न्यायिक समितिको कार्यसम्पादन गर्ने गरेको छ। कुनै दिन बैठक वा छलफल भए सो दिनका लागि तोकिएको न्यायिक समितिको काम सार्नुपर्ने हुन्छ’ उनले भनिन्।

_x000D_ _x000D_

वडामा सर्दै न्यायिक समिति
_x000D_ नगरपालिका तथा गाउँपालिकाको न्यायिक समितिमा नआउँदै धेरै मुद्दा वडाबाटै मिल्ने गरेको न्यायिक समितिका प्रमुखको भनाई छ। उपमहानगरपालिकाकी न्यायिक समिति सदस्य विष्टले भनिन् ‘सकेसम्म वडामै मुद्दा मिलाउने गरिएको छ त्यहाँ समाधान नभएका विवाद न्यायिक समितिमा दर्ता हुने गरेका छन्।

_x000D_ _x000D_

उनले थपिन् ‘स्थानीय विषयमा वडाध्यक्षलाई बढी जानकारी हुन्छ। त्यसैले सकेसम्म वडास्तरमै मिलाउने कुरालाई हामीले जोड दिएका छौं।’

_x000D_ _x000D_

वडामै मिलेका कारण गाउँपालिकामा न्यून मुद्दा आएको चुरे गाउँपालिकाकी न्यायिक समिति प्रमुख दिपादेवी साउदले बताइन्। मेलमिलाप केन्द्रमै वडाध्यक्षको अगुवाइमा छलफल हुने गरेको छ। धेरै मुद्दामा वडामै मेलमिलाप हुने उनले बताइन्। 

_x000D_ _x000D_

‘मेलमिलाप’ प्रमुख प्राथमिकतामा
_x000D_ गाउँपालिका र नगरपालिकामा दर्ता भएका मुद्दा न्यायिक समितिमा छलफल गर्ने र मेलमिलाप गराउन प्राथमिकता दिने गरिएको छ। मेलमिलाप गराउनु नै राम्रो हुने भएकाले हाम्रो प्रयास मिलाउने नै हुन्छ। नमिलेका र क्षेत्राधिकारभित्र नपर्ने मुद्दा अदालतमा पठाउने गरिएको साउदले बताइन्।

_x000D_ _x000D_

_x000D_ _x000D_

कैलारी गाउँपालिकाकी उपाध्यक्ष एव न्यायिक समिति प्रमुख लक्ष्मी सदगवाले आफूहरूलाई अन्योल हुने विषयमा कानुनका जानकारसँग परामर्श लिने गरेको बताइन्। सो कामका लागि कानुनी परामर्शदाता नियुक्त गर्ने व्यवस्था भएपनि अहिलेसम्म स्थानीय तहले परामर्शदाता नियुक्त गरेका छैनन्।

_x000D_ _x000D_

हामीलाई प्रशिक्षण आवश्यक छ– स्थानीय न्यायिक समिति 
_x000D_ कानुनी कुरा प्राविधिक विषय भएकाले तालिम तथा प्रशिक्षण आवश्यक रहेको स्थानीय न्यायिक समितिका सदस्यहरुले बताएका छन्। ‘आम नागरिकमा भ्रम फैलिएको छ’ शुक्रबार धनगढीमा सम्पन्न एक कार्यक्रममा समितिका सदस्यले भने- लामो समय समाजिक क्षेत्रमा काम गरेकाले अहिले न्यायिक समितिमा आएका उजुरी व्यवस्थापन गरिरहेका छौं। तर, यो शैलीले हुँदैन कानुनी परामर्शदाता यथाशीघ्र नियुक्त गर्नुपर्यो र हामीलाई थप शिक्षा तथा तालिम दिनुपर्यो।

_x000D_ _x000D_

धनगढी उपमहानगरपालिकाकी न्यायिक समिति सदस्य रत्ना विष्टले न्यायिक समितिमा आउँदा कतिपय मानिसकाले औंठे छाप जनप्रतिनिधीले के न्याय दिन्छन् भन्ने आरोप लगाउने गरेको सुनाइन््। जनप्रतिनिधिलाई न्यायिक समितिलाई काममा सहयोग पुर्याउन दक्ष हुने गरी तालिम तथा प्रशिक्षण जरुरी रहेको बताइन् । 

_x000D_ _x000D_

वादी प्रतिवादी नै उपस्थित हुदैनन् 
_x000D_ न्यायिक समितिमा परेका उजुरीको छलफलमा वादी प्रतिवादी उपस्थित गराउन समस्या छ। कर्मचारी अभाव, क्षेत्राधिकार बाहिरको मुद्दा आउनु, तत्काल छिनोफानो हुन नसक्नु, निर्णय कार्यान्वयन लगायतका समस्या रहेको भजनी नगरपालिकाकी उपमेयर तथा न्यायिक समिति प्रमुख छाया देवकोटाले बताईन्।

_x000D_ _x000D_

न्यायिक समिति र न्याय क्षेत्रबीच छलफल
_x000D_ न्यायिक समिति र न्यायिक क्षेत्रबीच शुक्रबार कैलालीको धनगढीमा छलफल गरिएको छ। कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको आयोजनामा सो छलफल गरिएको हो।

_x000D_ _x000D_

छलफल कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव शंकर अर्याल, १३ वटै स्थानीय तहका न्यायिक समितिका प्रमुख तथा सदस्य, जिल्ला वकिल कार्यालयका प्रतिनिधि, कैलाली जिल्ला अदालतका श्रेस्तेदार इन्द्र कठायत, मालपोत कार्यालयका  प्रतिनिधी, कानुन व्यवसायीलगायत सहभागी थिए।

प्रकाशित मिति: आइतबार, असोज ७, २०७५  ०२:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्