एजेन्सी– बलिउड अभिनेत्री काजोलले फिल्म उद्योगमा महिलाकेन्द्री भन्दा पुरुषप्रधान फिल्मले बढी कमाउने बताएकी छिन्। फिल्म उद्योगमा लैंगिक समानताको बहस चलिरहेका बेला काजोलले यस्तो बताएकी हुन्। अभिनेता सलमानको नाम नै किटान गरेर महिलाकेन्द्री फिल्मले सलमानका फिल्म जसरी ५ सय करोड व्यापार गर्न नसक्ने बताएकी छन्।
_x000D_
_x000D_
फिल्म ‘हेलिकोप्टर एला’को प्रचार-प्रसारमा व्यस्त काजोलले भारतीय सञ्चार माध्यमसँग यस्तो बताएकी हुन्। पछिल्लो समय भारतीय सिने उद्योगमा पुरुष र महिला कलाकारको असमान ज्यालाका सम्बन्धमा चर्चा सुरु भएको छ। कतिपय अभिनेत्रीले असमानताको विरोध पनि गरेका छन्।
_x000D_
_x000D_
महिलाकेन्द्री फिल्म दर्शकका आँखामा कमजोर हुने भन्दै भनेकी काजोलले भनेकी छन्, ‘बक्स अफिस रेकर्डका साथ लैंगिक समानताका मुद्दा निकै माथि पुगेकाे छ। तर तपाई देख्न सक्नु हुन्छ कुनै पनि अभिनेत्रीका फिल्मले अहिलेसम्म सलमान खानका फिल्मले जस्तो ५ सय करोडको व्यापार गर्न सकेको छैन। अभिनेत्री फिल्मका अभिन्न पात्र हुन् तर यो एक व्यवसाय पनि हो।’
_x000D_
_x000D_
उनले थपेकी छिन्, ‘पछिल्लो पुस्ताका दर्शकले भने महिलाकेन्द्री फिल्म पनि दर्शकले स्वीकार गर्न थालेका छन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।