काठमाडौं– एसिसी एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सुपर–४ को प्रतिस्पर्धामा अफगानिस्तानले पाकिस्तानसँग नमिठो हार बेहोरेको छ। शुक्रबार अबेर राति अबुधावीमा भएको खेलमा पाकिस्तानले अफगानिस्तानमाथि ३ विकेटको जित हात पारेको हो।
_x000D__x000D_
अफगानिस्तानले दिएको २ सय ५८ रनको लक्ष्य पाकिस्तानले ३ बल खेल्न बाँकी छदा पार गरेको थियो। पाकिस्तानलाई अन्तिम ओभरमा जितका लागि १० रन चाहिएको स्थितिमा सोएब मलिकले पहिलो बलमा रन लिन सकेनन् । तर उनले अफगानिस्तानका अफ्ताफ आलामलाई दोस्रो बलमा छक्का र तेस्रो बलमा चौका प्रहार गर्दै पाकिस्तानलाई रोमाञ्चक जित दिलाए। खेलको म्यान अफ दि म्याच भएका उनले ४३ बलमा नटआउट ५१ रन जोडे। पाकिस्तानका लागि इमाम उलहकले ८० रन र बाबर अजामले ६६ रन जोडेर जितको आधार तय गरेका थिए। बलिङमा अफगानिस्तानका रसिद खानले ३ र मुजिब उर रहमानले २ विकेट लिए।
_x000D__x000D_
_x000D__x000D_
त्यसअघि अफगानिस्तानले ६ विकेटको क्षतिमा २ सय ५७ रन जोड्यो। अफगानिस्तानका लागि हस्मातुल्लाह शाहिदीले नटआउट ५७ रन जोडेका थिए। अस्घर अफगानले जोडेको ६७ रन पनि अफगानिस्तानका लागि महत्वपूर्ण रह्यो। बलिङमा पाकिस्तानका मोहमद नवाजले ३ विकेट लिए।
_x000D__x000D_
सुपर–४ को अर्को खेलमा भारतले बंगलादेशलाई ७ विकेटले पराजित गर्यो। पहिले ब्याटिङ गरेको बंगलादेश ५ बल खेल्न बाँकी छदा १ सय ७३ रनमै अलआउट भयो। बंगलादेशका लागि पुछारका ब्याट्सम्यान मेहदी हसन मिराजले सबैभन्दा बढी ४२ रन जोडे। बलिङमा भारतका रवीन्द्र जडेजाले ४ विकेट लिए। भवनेश्वर कुमार र जसप्रित बुमराहले ३–३ विकेट लिए।
_x000D__x000D_
_x000D__x000D_
१ सय ७४ रनको लक्ष्य भारतले ३६.२ ओभरमा ३ विकेट गुमाएर भेट्टायो। उसका लागि कप्तान रोहित शर्माले नटआउट ८३ रन जोडे।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।