काठमाडौं– प्रतिनिधिसभाका १० विषयगत समितिका सभापतिहरुले सपथ ग्रहण गरेका छन्। सभामुख कृष्णबहादुर महराले १० विषयगत समितिमा निर्विरोध निर्वाचित सभापतिहरुलाई सपथ ग्रहण गराएका हुन्।
_x000D_
_x000D_
बिहीबार भएको उम्मेदवारी दर्ताको क्रममा सबै समितिको सभापति पदका लागि एकल उम्मेदवारी परेसँगै सबै उम्मेदवार निर्विरोध भएका थिए। प्रतिनिधिसभाका १० विषयगत समितिमध्ये ८ वटा समितिमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस र संघीय समाजवादी फोरमले एक–एक वटा समितिको सभापति पाएका छन्। संघीय समाजवादीले उद्योग, वाणिज्य तथा श्रम समितिको सभापति पाएको छ। सो समितिको सभापतिमा विमल श्रीवास्तव निर्वाचित भएका थिए। त्यस्तै लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका भरतकुमार साह निर्वाचित भएका हुन्।
_x000D_
_x000D_

_x000D_
_x000D_
बाँकी रहेका ८ समितिहरुमध्ये अर्थ समितिमा सांसद कृष्णप्रसाद दाहाल, अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पवित्रा निरौला खरेल, कानुन न्याय तथा मानव अधिकार समितिमा कृष्णभक्त पोखरेल, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा पूर्णकुमारी सुवेदी, महिला तथा सामाजिक समितिमा निरुदेवि पाल, राज्य व्यवस्था तथा सुशासन समितिमा शशि श्रेष्ठ, विकास तथा प्रविधि समितिमा कल्याणीकुमारी खड्का, शिक्षा तथा स्वास्थ्य समितिमा जयपुरी घर्ती निर्वाचित भए।
_x000D_
_x000D_
यसअघि तीन पटकसम्म रोकिएको समिति सभापति चयनको निर्वाचन कार्यक्रम शुक्रबारलाई तोकिएको थियो। हाल ज्येष्ठ सदस्यको नेतृत्वका भरमा समितिको बैठक चल्दै आएको थियो।
_x000D_
_x000D_

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।