• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, मंसिर १२, २०८२ Fri, Nov 28, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

मनोरञ्जन क्षेत्रमा काम गर्ने ६  प्रतिशतसँग मात्रै नियुक्ति पत्र

64x64
नेपाल लाइभ शुक्रबार, जेठ ४, २०८१  १४:३६
1140x725

काठमाडौं- नेपालको मनोरञ्जन क्षेत्रमा काम गर्ने जम्मा ६ प्रतिशतसँग मात्रै नियुक्ति पत्र रहेको पाइएको छ। महिलाका निम्ति महिला मञ्च नेपाल (वफोवन), शक्ति समूह र श्रमिक महिला साझा मञ्चले गरेको अध्ययनले यस्तो देखाएको हो।
 
भनिएको छ,  'जम्मा ६ प्रतिशतसँग मात्रै लिखित नियुक्ति पत्र रहेको छ। ४७ प्रतिशतले अतिरिक्त पारिश्रमिक बिना नै ८ घन्टा भन्दा बढी काम गर्छन्।'

अध्ययन क्याबिन रेस्टुरेन्ट, डान्स बार, खाजा घर, दोहोरी रेस्टुरेन्ट र मसाज तथा स्पा सेन्टरमा केन्द्रीत थियो। काठमाडौं महानगर टोखा, पोखरा र इटहरीका ५०७ जना महिला कामदार उक्त अध्ययनमा सहभागी थिए।

अध्ययनका अनुसार धेरैले कामका क्रममा दुर्व्यवहार भएको गुनासो गरेका छन्। कानुन हुँदाहुँदै पनि ४६ प्रतिशतले हिंसा र दुर्व्यवहार अनुभव भएको बताएका छन्। ठूलो संख्याले १७ हजार ३ सय भन्दा कम कमाउने गरेको देखिएको छ भने कुनै सामाजिक सुरक्षाको प्रबन्ध समेत नभएको पाइएको छ।

अध्ययन सन् २०२३ मा गरिएको थियो। महिला आयोगमा दुई दिनअघि मात्रै अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको हो। उक्त सर्वेको नेतृत्व महिलाका निम्ति महिला मञ्च नेपाल वफोवनले गरेको थियो।

अध्ययनका अनुसार ६२ प्रतिशत कामदारहरु २०-३० वर्ष उमेरका रहेका छन्। धेरै युवा उमेरका श्रमिकहरु डान्स बार र क्याबिन रेस्टुरेन्टमा भेटिएका छन्। 'क्याबिन रेस्टुरेन्ट, दोहोरी रेस्टुरेन्ट, डान्स बारमा अविवाहितको संख्या बढी थियो भने खाजाघर र मसाज सेन्टरमा मिश्रित भेटिएको थियो। त्यसमा पनि ठूलो संख्यामा छुट्टिएर बसेका, पारपाचुके गरेका र एकल महिलाहरु थिए,' अध्ययनमा उल्लेख छ।

Ncell 2
Ncell 2

मनोरञ्जन क्षेत्रमा काम गर्ने मध्ये ७७ प्रतिशत भाडाको घरमा बस्छन् । ८ प्रतिशत आफन्तकोमा, ७ प्रतिशतले कोठा सेयर गरेर बसेका छन भने ७ प्रतिशतको आफ्नै घर छ। २ प्रतिशत भने काम गर्ने ठाउँमै बस्ने गरेको पाइएको छ।

धेरैले काममा जाँदा बच्चालाई ठूलो बच्चा वा परिवारका अन्य सदस्यलाई जिम्मा लगाउने गरेका छन्। ३० प्रतिशतले भने बच्चालाई घरमा एक्लै छाडेर काममा आउनुपर्ने बाध्यता रहेको सुनाएका छन्।

मनोरञ्जन क्षेत्रमा काम गर्नेहरुमा शिक्षाको कमी रहेको देखिएको छ। जम्मा ६ प्रतिशतले मात्रै स्नातक तहसम्म अध्ययन गरेका छन्। १९ प्रतिशतसँग प्लस टु तहको पढाइ छ । २८ प्रतिशतले एसएलसीसम्म गरेका छन्। खाजाघरमा १६ प्रतिशत अशिक्षित छन् भने मसाज पार्लरमा १४ प्रतिशत अशिक्षित श्रमिक छन्। सहज प्रवेश, औपचारिक शिक्षा अनिवार्य नहुनु र सम्भावित उच्च आयको लोभले यहाँ आइपुग्ने गरेको देखिएको छ।

कामको चाप उच्च, न्युन तलब, जागिरको सुरक्षाको अभाव र स्वास्थ्यका कारण श्रमिकहरु यो क्षेत्रबाट बाहिरिने गरेका छन्। अध्ययनले मनोरञ्जन क्षेत्रलाई पनि कानुनी दायरामा ल्याउन सरकारलाई सुझाएको छ। त्यहाँ काम गर्ने  श्रमिकलाई श्रम ऐन अनुसारको सेवासुविधा दिइनुपर्ने पनि त्यहाँ उल्लेख छ।

'स्थानीय तहको अनुगमन संयन्त्र क्रियाशील गराउनुपर्ने, हिंसामा शुन्य सहनशिलता,  न्युनतम ज्याला अनिवार्य र वडा तहमा श्रमिक डेस्क हुनुपर्ने र श्रमिकको नियमित अडिट हुनुपर्ने देखिन्छ,' अध्ययनपछि सुझाव दिइएको छ,  'श्रमिकलाई औपचारिक नियुक्ति पत्र दिइनुपर्ने, काम गर्ने वातावरण सुरक्षित बनाउनु पर्ने र क्षमताको विकासको अवसर दिनुपर्ने देखिन्छ।'

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १४:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एनपीएल : जित्नैपर्ने दबाबमा काठमाडौँले चितवनको र कर्णालीले विराटनगरको सामना गर्दै
मधेशका मुख्यमन्त्री यादवविरुद्धको रिटमा आज सुनुवाइ हुँदै
शेख हसिनालाई २१ वर्षको जेल सजाय
सम्बन्धित सामग्री
भारतीय अभिनेता असरानीको निधन उनी ८४ वर्षका थिए। लामो बिरामीका कारण उनको निधन भएको परिवारजनले जानकारी दिएका छन्। मंगलबार, कात्तिक ४, २०८२
निःसन्तान जोडीको कथामा रामजी ज्ञवालीले बनाए ‘निःशब्द’ हाल पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा रहेको ‘निःशब्द’लाई निर्देशक ज्ञवालीले च्यारिटी शोमार्फत दर्शकसमक्ष ल्याउने, अन्तर्राष्ट्रिय फिल्म... शुक्रबार, साउन ९, २०८२
एलिनाका पूर्वपति विष्णुको प्रश्न : हामी कहिलेसम्म पीडाको शिकार हुनुपर्ने हो ? यसबीच, एलिनाका पूर्वश्रीमान बिष्णु सापकोटाले सामाजिक संजालमा एक लामो विज्ञप्ति जारी गर्दै सामाजिक संजालबाट आउने कठोर शब्द, धम्कीपूर्... शुक्रबार, साउन २, २०८२
ताजा समाचारसबै
एनपीएल : जित्नैपर्ने दबाबमा काठमाडौँले चितवनको र कर्णालीले विराटनगरको सामना गर्दै शुक्रबार, मंसिर १२, २०८२
मधेशका मुख्यमन्त्री यादवविरुद्धको रिटमा आज सुनुवाइ हुँदै शुक्रबार, मंसिर १२, २०८२
शेख हसिनालाई २१ वर्षको जेल सजाय बिहीबार, मंसिर ११, २०८२
कृष्णबहादुर महरा २० लाख धरौटी बुझाएर रिहा बिहीबार, मंसिर ११, २०८२
बीपीएल अक्सनमा सन्दीप लामिछानेसहित ५ खेलाडी सूचीकृत बिहीबार, मंसिर ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आजदेखि एक सय रुपैयाँको नयाँ नोट चलनचल्तीमा, के के छन् विशेषता ? बिहीबार, मंसिर ११, २०८२
रवि र छविको मुद्दामा आज पुनः पेशी बिहीबार, मंसिर ११, २०८२
लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिले बलिङ गर्ने बिहीबार, मंसिर ११, २०८२
हङकङको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४ जनाको मृत्यु बिहीबार, मंसिर ११, २०८२
१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो बिहीबार, मंसिर ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग मंगलबार, मंसिर ९, २०८२
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
सुमनराज अर्याल मुख्यसचिव नियुक्त सोमबार, मंसिर ८, २०८२
आलोचनासँगै प्रधानमन्त्रीको सचिवालय २० बाट घटाएर अब जम्मा ६ जनामा सीमित बुधबार, मंसिर १०, २०८२
महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी, दुई जना पक्राउ आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्