मकवानपुर- बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेश सभाको वर्षे अधिवेशन यही वैशाख ३१ गते अपराह्न १ बजे बस्ने गरी आह्वान गरेका छन्।
बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिस अनुसार उनले नेपालको संविधानको धारा, १८३ को उपधारा १ बमोजिम आज प्रदेश सभाको बैठक आह्वान गरेका हुन्।
प्रदेश सभाको हिउँदे अधिवेशन यही वैशाख १२ गते राति १२ बजेदेखि अन्त्य भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।