काठमाडौं- नेपाली कांग्रेसले संसद्को दोस्रो बैठक पनि अवरुद्ध गरेको छ। सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिए लगत्तै कांग्रेस सांसदहरुले नाराबाजी गर्दै सदन अवरुद्ध गरेका हुन्।
बैठक सुरु भएलगत्तै कांग्रेस सांसदहरू बेल घेराउ गर्न पुगेका थिए। कांग्रेस सांसदहरूको नाराबाजीबीच सभामुख देवराज घिमिरले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई समय दिए। रोष्ट्रममा जान अगाडि बढेका उनलाई कांग्रेस सांसदहरूले रोकेका छन्।
सभामुख घिमिरेले पटक पटक गृहमन्त्रीलाई कुरा राख्न दिन अनुरोध गरे पनि कांग्रेस सांसदहरुले नाराबाजी जारी राखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।