काठमाडौं– राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाल नेपालको नक्शा नेपालको नोटमा छाप्ने निर्णयमा आपत्ति जनाएको विषयमा राष्ट्रपति कार्यालयको ध्यानकर्षण गराएका छन्।
शुक्रबारको राष्ट्रिय सभा बैठकमा बोल्दै दाहालले ध्यानाकर्षण गराएका हुन्। उनले आफ्नै देशको नोटमा आफ्नो देशको नक्सा छाप्दा अरुलाई टाउको दुखाइको विषय किन भयो भन्दै आपत्तिसमेत जनाएका छन्।
‘आफ्नै नेपालको नक्शा, नेपालको नोटमा छाप्दा अरुलाई टाउको दुखाइ किन? राष्ट्रपतिका विज्ञ सदस्यले अर्को देशलाई चिढ्याउने काम भयो त भन्ने प्रतिक्रिया दिए भन्ने सुनियो। हाम्रो देशको नोटमा हाम्रो देशको नक्शा छाप्दाखेरी अर्को देश चिढिनुपर्ने कारण के थियो?, ’ उनले भने, ‘उहाँले कुन आशयबाट त्यो भन्नु भएको हो। यदि भन्नु भएको हो भने म राष्ट्रपति कार्यालयको गम्भीर ध्यानाकर्षण गराउँछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।