काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ १ गते दिउँसो ३ बजे नीति तथा कार्यक्रम ल्याउने सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।
सरकारले ल्याउने नीति तथा कार्यक्रम संसद्को बैठकमा राष्ट्रपतिले प्रस्तुत गर्ने व्यवस्था छ।
आजको मन्त्रिपरिषद् बैठकले एआईजीद्वय उमेश जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय पनि गरेको छ।
बैठकले समाज कल्याण परिषद्को रिक्त उपाध्यक्ष पदमा सुनसरीका नन्दलाल माझीलाई र भाषा आयोगको रिक्त सदस्य पदमा काठमाडौंका सुरेश मानन्धरलाई नियुक्त गर्ने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।