काठमाडौँ- कोशी प्रदेशका नवनियुक्त दुई जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। बिहीबार मन्त्री रामबहादुर राना र गणेश उप्रेतीले शपथ लिएका हुन्।
उनीहरूलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका छन्। यसअघि मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले राना र उप्रेतीलाई मन्त्रीमा नियुक्त गरेका थिए। उनीहरूलाई मन्त्रालयको जिम्मेवारी भने तोकिएको छैन।
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले पनि आजै शपथ ग्रहण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।