काठमाडौं- सरकारले नेपाल प्रहरीका डीआईजीद्वय उमेश जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।
बढुवा समितिले ३ वैशाखमा नै जोशी र ढकाललाई एआईजी बढुवाका लागि सिफारिस गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।