• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ३०, २०८२ Thu, Oct 16, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

रेयर राई : लाहुरे नबनेको एउटा ‘माइलो’

64x64
अशेष अधिकारी बिहीबार, वैशाख २७, २०८१  १७:५२
1140x725

काठमाडौं- गन्तव्य थाहा हुनेलाई त थाहा हुन्छ, उसको यात्रा कति लामो छ। तर थाहा नहुनेलाई? उत्तर कसले दिन्छ? 

त्यसैले उसले आफैँलाई सोधिरहन्छ पटकपटक- अब कति छ?

अभिनेता रेयर राई त्यस्तै यात्रा तय गरेका अभिनेता हुन्।

परिवार त के, चिनेजानेकासम्म पनि यो कला क्षेत्रमा कोही थिएन। तैपनि उनी घरबाट कलाकार बन्छु भनेर ठ्याक्कै १३ वर्ष अघि काठमाडौं प्रवेश गरे। अझै उनको यात्रा टुङ्गिएको छैन तर यात्रा कर्मको रोमाञ्च भने महसुस गरिरहेकै छन्।

'दाजु यस्सो रहर पुर्‍याउन आ होलान् काठमाडौं!'
सोलुखुम्बु, सोताङमा जन्मिएका रेयर राईले आफ्नो पढाइलेखाइ मोरङको लेटाङ र विराटचोकमा भयो। कलाकार बन्छु भनेर मनमा कति खेर र के गरी आयो रेयरले खुट्काउन सकेनन्। 

१७ वर्षको उमेरमा उनलाई जीवनमा के गर्ने भनेर एकिन भइसकेको थिएन।

रेयरका बाबुले जीवनका १९ वर्ष विदेशमा बिताए जसमा २ वर्ष साउदीमा बित्यो भने १७ वर्ष कतारमा। बाबुसँग दूरी भोगेका रेयरले जीवनमा के गरिखाने नसोचे पनि विदेश मोहलाई भने मनबाट परै राखेका थिए।

१७ वर्षको उमेर पुगेसी रेयर गम्न थाले। विदेश नजाने भए गर्ने चाँहि के?

Ncell 2
Ncell 2

यसो गमेर ल्याउँदा फुटबलमा रुचि भएका उनले सोचे- फुटबल त उमेरमा त ठिकै छ तर पछि बुढो भएपछि त हुँदैन। त्योभन्दा त अभिनय नै ठिक।

'त्यसपछि मैले अभिनय सिक्छु भनेर घरमा भनें', उनले सम्झिए।

ममीले 'एक्टिङ!?', भनेर मुख खुम्च्याइन्। 

त्यही बेलामा भाइले पनि संगीत सिक्ने इच्छा व्यक्त गर्‍यो। त्यसपछि ममीले दुवै दाजुभाइलाई उनीहरुको इच्छा पुर्‍याउनु भनेर काठमाडौं जाने अनुमति दिइन्। 

दाजुभाइ काठमाडौं आए।

काठमाडौं आउँदाको बखत रेयरका भाइलाई लागेको थियो- दाजु काठमाडौं, यस्सो एक-दुई महिना रहर पुर्‍याउन आएका हुन्।

'म त रहर पुर्याउन भन्दा पनि यही सिक्छु भनेर नै आएको थिएं। तर भाइले रहर ठानेको रैछ', उनले हाल पोर्चुगल बस्ने आफ्नो भाइले अस्ति भर्खरै मात्र भनेको कुरा सम्झिए, 'यो कुरा चाँहि ठ्याक्कै भाइले अस्ति भन्यो। मैले त दाइ यस्सो रहर पूरा गर्न यस्सो एक-दुई महिना आएको होला पो सोचेको थिएँ। तपाईंले त यही पो सोच्नुभएछ, कसरी सोच्नुभयो भनिराथ्यो?'

बाबुममीको चाहाना घरको 'माइलो' लाहुरे बनोस्
हाइटसाइट परेको हुनाले रेयरका परिवारको चाहाना घरको माइलो छोरो लाहुरे बनोस् भन्ने थियो। 

'बुबाको इच्छा तँ चाँहि मेरो लाहुरे छोरो हुनुपर्छ भन्ने थियो', रेयरले भने।

आफ्नो सपनामा छोरोको इच्छा नभएको पाएपछि उनका बाबुले धेर जोरजुलुम गरेनन्। 

'त्यतिबेला धेरै कुरा फोनमा भन्दा पनि चिठ्ठीमा नै हुन्थ्यो। त्यसैले बुबासँग त्यस्तो धेरै कुरा हुनपाउनँथेन। ममीसँग हुने हो। ममीले ल न सिक भन्नुभयो।'

उनले एक वर्ष अभिनय सिके। एक वर्षको सिकाइले अभिनयमा कर्ममा 'माइलो'ले कुनै छाँट नदेखाएपछि छोराको भविष्य सम्झिएकी ममीले 'विदेश' जाने सुझाव दिइन्।

सुरुमा रेयरले आफ्नै सपनामा घुसिरहने सोचे। ममीले निरन्तर १/२ वर्ष नै विदेश जा माइला भनेर ताकेता गरिरहिन्।

यता पनि खास केही जमिरहेको अवस्था थिएन।

त्यसपछि उनले पनि ल न त विदेश ने जान्छु भनी पासपोर्ट बनाएँ।

विदेश त जाने, तर कहाँ?

कतारमा रहेका बाबुले भने- तँलाई म यतै तान्छु।

विदेश जान तम्तयार रेयरलाई विदेश जुरेन।

कारण त्यही बेला कतारले नेपालीलाई भन्दा बंगलादेशीलाई रोजेपछि बाबुले छोरालाई कतार तान्न पाएनन्। 

'पासपोर्ट बनाएँ। विदेश गाह्रो हुन्छ भन्ने बुबालाई थाहा थियो। उहाँले ल विदेश आइजो तर म तँलाई मेरै कम्पनीमा तान्छु भन्नुभयो। मेरो बुबाको चाँहि झण्डै फ्रि भिसा जस्तो थियो कतारको। मसँगै भइस भने गाह्रोसाह्रो सजिलो हुन्छ भनेर भन्नुभयो। ल नि त भनेर एप्लाइ गरें। त्यो वर्ष नेपाली भिषा दिएनछ। बुबाले यो पाली भएन अर्को वर्ष भन्नुभयो।'

विदेशको रहर नपालेका रेयरले बाबुलाई उनीहरुको इच्छा अनुसार गरेको तर नभएकाले अब अर्कोचोटी भिसा निवेदन दिन्न भने। 

त्यसपछि जीवनमा अभिनयका संयोगहरु जोडिन थाले।

'विदेश नै नगई अस्ति भर्खर पासपोर्ट रिन्यू गरें', उनले भने।

अभिनय कहाँ सिक्ने थाहा थिएन, पत्रिकाको विज्ञापन पछ्याए
अभिनय सिक्छु भनेर काठमाडौं त ओर्लिए रेयर तर उनलाई कहाँ गएर केकसो गर्ने कुनै मेलोमेसो थिएन।

कुराकानीका क्रममा उनले बिराटचोकमा कलेज पढ्दाको कुरा सम्झिए।

त्यतातिरको नाटक समूहले फिल्म बनाउने भनेर निवेदन आह्वान गरेको थियो। उनी पुग्दा फर्म सकिएको भनेपछि उनले फर्म भर्न पाएनन्। 

त्यो बेला विराटचोकमा सुसेली एफएम खुलेको थियो।

उनले धुर्मुस-सुन्तली आउने, अडिसन लिने अनि रेडियो नाटकहरुमा काम दिने भन्ने सुने। 

'त्यो फर्म भरियो, भरेको एकदुई महिनासम्म पनि केही खबर आएन। बोलाउँदै बोलाएनन्।', उनले सुनाए।

यसरी आफ्नो अभिनय कतै जाँदैन भनेर उनलाई लाग्यो।

'ल अब यसरी हुँदैन भनेर मैले काठमाडौं जाने निर्णय गरें', उनले भने।

काठमाडौंमा समात्नलाई कोही आफन्त पनि थिएन। ममीले विदेश बस्दा रेयरका बाबुले बनाएका साथी जसलाई रेयरहरुले 'श्याम मामा' भन्छन्, उनकोमा बस्न भनिदिइन्।

उनीहरुलाई लिन श्याम मामा आए। श्याम मामाकोमा रेयरका दाजुभाइ आफ्नो बसाइको मेलोमेसो नमिल्दासम्म साता दिन जति बसे।

त्यतिखेर 'साप्ताहिक' पत्रिका चल्तीमा थियो। कहाँ गएर केकसो भनेर गमिरहेका रेयरको आँखा 'यहाँ एक्टिङ सिकाइन्छ' भन्ने विज्ञापनमा पर्‍यो।

'साप्ताहिक हेर्दै थिए। त्यहाँनेर चाँहि यहाँ एक्टिङ सिकाइन्छ भन्ने विज्ञापन देखे। त्यो सिकाउने ठाउँ बागबजारको पिकेनीरको ठाउँ रहेछ। त्यहाँ गएर भर्ना भएँ', रेयर सम्झिए।

त्यहाँ उनका एक्टिङका गुरु थिए- आफ्नो खलचरित्रमा चर्चित दीपक क्षेत्री। उनीहरुलाई त्यहाँ अभिनय सिकाउने दीपक एक्ला गुरु थिए।

धेरै जान्ने भएछौ भनेर अभिनय कक्षाबाट निकालिए
१९ हजार रुपैयाँ तिरेर ६ महिने अभिनय कोर्समा रेयर त्यहाँ भर्ना भएका थिए। उनीजस्तै अभिनयको सिक्न त्यहाँ पुगेका अन्य साथीहरुको अभिनय सपनाको वेग बेग्लै थियो। उनीहरु र केही सिनियर दाइहरुबीच सल्लाह भयो, अलिअलि पैसा उठाएर आफै फिल्म बनाउने।

उनीहरुले सिनेमाको नाम जुराएका थिए- द रिजन।

जोशमा ४०-५० हजार उठाएर सिनेमा त सुरु गरे। सुरु गरेपछि थाहा भयो, सिनेमा बनाउनु त सजिलो रहेनछ।

त्यसपछि उनीहरुलाई अभिनयको कक्षाबाट निकालियो। तिमीहरु धेरै जान्ने भएछौं भन्दै। आएको एक महिनामै फिल्म बनाउने, सिक्नै नपर्ने रहेछ भनेर।

कक्षाबाट निकालिए पनि सिनेमाको सुटिङ सकिएको थियो तर सम्पादनको फिल्म विविध कारणले हरायो। सिनेमा रिलिज भएन।

कक्षाबाट निकालिएपछि एक महिनामा चिनेका दाजुहरुमार्फत रेयरहरुको जक्सन अनामनगर हुन थाल्यो।

त्यो जक्सनहरुबाट जोडिएका सम्बन्धहरुले टाकटुक सर्ट फिल्म, डकुमेन्ट्रीमा रेयरले काम गर्न थाले। १-२ वर्ष यतिकै बित्यो।

रंगमञ्च यात्रा- अरे! नाटक हेर्न पनि ५ सय रुपैयाँ टिकट
अभिनयको कोर्सबाट एक महिनामै निकालिएका रेयरको दिवाज राईसँग भेट भयो। उनी पनि सिनेमामा भविष्य खोज्न काठमाडौं छिरेका थिए, ओस्कर कलेजमा फिल्म पढ्दै थिए भने नातामा अभिनेता दयाहाङ राईका भतिजा पर्थे। अनामनगर जंक्सन भएपछि दिवासले घरीघरी नाटक र रंगमञ्चका कुरा गरिबस्थे। उनले बरोबर फिल्म र नाटक छुट्टै हुन्छ भनिरहन्थे।

उनले यसो भनिरहँदा रेयरलाई नाटक कसरी फरक होला भन्ने लाग्थ्यो। 

'धेरै पटक दाइले नाटकको कुरा गर्नुहुन्थ्यो। कुन नाटक भनेर सोधे एकदिन। 'कोर्ट मार्सल' भन्ने कुरा भयो। टिकट दाम पाँच सय भनेर सुन्दा छक्कै परें। अरे! नाटक हेर्न पनि ५ सय रुपैयाँ टिकट भनेर म गइनँ।'
पछि यता केही भएन, हल्लिने बस्ने बाहेक केही काम भएन रेयरसँग। चिया खायो, गफ लडायो, समय कटायो भयो रेयरको दैनिकी।

दिवशले यसबीच धेरैपटक नाटक हेर्नुपर्छ भनेर कुरा गरिराखे। अन्ततः एक दिन भएन भनेर नाटक हेर्न रेयर पुगे अनामनगरको मण्डला नाटकघर।

'मैले इब्सन ल्याब भन्ने नाटक हेरें', रेयरले पहिलो रंगमञ्च प्रवेशको सम्झना गरे। यसमा पनि रेयरको स्मरणीय घटना जोडिएको छ।

नाटक हेर्न दाजु र भाइ दुई जना भएर गए। टिकट काउन्टरमा विद्यार्थीलाई एक सय, नभए दुई सय रुपैयाँ टिकटको पर्ने भन्ने उनीहरु थाहा पाए। दुवै जनालाई नाटक हेर्न पुग्ने पैसा साथमा थिएन फेरि गाडी चढेर आफूहरु बस्ने भक्तपुर पनि त फर्किनैपर्थ्यो। नाटक हेरन भनेर गएको उसै फर्किने मन रेयरलाई थिएन।

'हामीसँग ३ सय हो कि कति पो थियो त्यतिबेला। स्टुडेन्ट कार्ड एउटा मात्रै थियो। घर फर्किने गाडी भाडा पनि चाहिन्थ्यो। एउटै कार्डबाट दुई वटा टिकट मागेको दिएन।'

भाइले समस्याको गाँठो फुकाइदिँदै भन्यो- तपाईं हो एक्टिङ सिक्ने, मैले किन हेरिराख्नुपर्यो भन्यो। म नाटक हेर्न  भित्र गएँ। मलाई कुरेर भाइ बाहिर बस्यो।

त्यो पहिलो पटक हेरेको नाटकका दृश्य अहिले पनि रेयरलाई उस्तैगरी झलझल्ती याद छ।

'बबालै लाग्यो नाटक', उत्साहका साथ उनले त्यो पल सम्झिँदै भने।

उनलाई बबालै लागेको त्यो नाटकको चर्चा हुँदा त्यसलाई मण्डलाको सबैभन्दा झुर नाटक भनिदो रहेछ। 

'तर मलाई अहिले पनि त्यो खतरै लाग्छ।'

दर्शक बनेर मण्डला छिरेका रेयर २०७१ सालमा त्यहीका विद्यार्थी बन्ने अवसर पाए।

नाटक सिक्न आवेदन दिए। नाम निस्कियो वैकल्पिकमा अर्थात् अन्तिम नामावलीमा परेको कसैले छाडेमा मात्र मौका पाउने। वैकल्पिकको पनि दोस्रो नम्बरमा थिए रेयर।

यताबाट घरिघरि ममीले सोध्थिन्- भयो त तेरो? नाम निस्केन?
मण्डलाबाट स्पष्ट फोन आइसकेको थियो- मिल्यो भने खबर गर्छौं।

उनले आफूलाई स्पष्ट जानकारी भए पनि ममीलाई भएन मेरो भन्न सकेनन्। भनिदिए- हुँदैछ, उताबाट कल आएको छैन। मिलाइरहेको छ रे।

एक हप्तासम्म ममीको तारन्तारको फोनले रेयरलाई कस्तोकस्तो लागिरहेको थियो। त्यसैले आमालाई झुटो 'हुँदैछ, फोन आएको छैन' को झुटो आश्वासन दिइरहे।

'एक्टिङ गर्न आएको, सक्छु पनि भनेको। तर अब नामै निर्सकेन भनेपछि त्यो उराठलाग्दो भयो, सुख्खा मरुभूमिजस्तै भयो यो मन। मनै मर्‍यो कि यति रुन मनलाग्या थियो कि त्यतिबेला, ममीले सोध्दाखेरी। मनमा बा भई पो हाल्छ कि भन्यो थियो। त्यही भएर ममीलाई भएन भनेर भनिनँ।'

एक हप्तापछि फोन आयो- तपाईं आउन सक्नुहुन्छ।

दुई जनाले छोडेछन्।

त्यसपछि उनी रंगमञ्चका विद्यार्थी भए नाटक सिकें। नाटकको प्रशिक्षण सकिएपछि, नाटक देखाउने कुरा भयो। नाटक पनि तय भयो, रिहर्सलको तरखर सुरु भयो तर 'अहँ नाटकमा तेरो यो भूमिका भनेर उनलाई कुरा आएन?'

'मेरो त रोल छैन। त्यो बेला म फुटबलके कट्टी र जर्सीमा नाटक सिक्न पुग्थे। हासो-ठट्टामा धेर थिएँ। जिस्किने मात्र थियो। 'जार भएको एउटा कथा' हुँदै थियो। यसो नाटक हेर्छन् रोल नै सिद्धिसकेको। त्यतिबेला पनि यस्तो उराठ लाग्यो कि साह्रै नमज्जा माने।'

किन यस्तो भइरहेको छ भनेर आफैँलाई प्रश्न सोधे। अहिले चाँहि लाग्छ उनलाई त्यतिबेला धेर उरेन्ठेउलो भएर होला रोल नपाएको जस्तो लाग्छ।

उनले सहपाठी प्रकाश दाहालसँग दुःख पोखे। उसले सुनिल पोखरेलसँग कुरा गर्ने सुझाब दिए। सुनिललाई भन्न पुग्दा एउटा सुब्बाको रोल मात्रे बाँकी थियो।

सुनिल पोखरेल मण्डलाको प्रांगणमा रहेको इनारमा बसिरहेका थिए।

साथीले रेयरको कुरा राखिदियो।

सरसँग नजिक रहेको प्रकाशले 'क्यारेक्टर सकिसकेछ, यो सुब्बाको रोल रेयरले गर्छु भन्छ', भनिदिए।  

सुनिलले रेयरलाई यसो नियालेर हेरे र सोधे- तँ गर्छस्?

रेयरले जवाफ दिए- गर्छु सर।

सुनिलले 'यो रोल मैले अर्कोलाई दिन लागेको थिएं अब तँ गर' भने।

रिडिङ सुरु भयो। 

नाटकमा १५ वटा सिन थियो। रेयरको पालो आउँथ्यो ११औं सिनमा।

दुई दिन भइसक्यो उनको भागमा परेको दुई वटा डायलग थियो। पालै आउँदैन, रेयरलाई भित्रभित्र उकुसमुकुस भैसक्यो डायलग बोल्न।

'तेस्रो दिन बल्ल पालो आयो। अलिकति इम्प्रोभाइज गरेर त्यो डायलग भने। सर खुसी हुनुभयो र तँलाई अर्को पनि रोल थपिदिन्छु भन्नुभयो।'

सुनिलले थपिदिन लागेको रोलको परिस्थिति बताइदिँदै 'आफैं बना केटा' भने। 

यति भएपछि उनको खुसीको सीमा रहेन। बल्ल केही हात परेजस्तो, बल्ल बाटो लागेजस्तो भयो उनलाई। 

'अहिले सम्झिँदा त्यतिबेला काउन्टर डायलग बनाएको रहेछु। नाटक सुरु गर्ने अघिल्लो दिन ग्राण्ड रिहर्सल भयो। रातको १२ बजे सकियो। नाटक सकिएपछि सरले यो नाटकको हिरो रेयर हो भन्नुभयो।'

त्यसपछि नाटक मञ्चन भयो। नाटक हाउसफूल भयो। राम्रो समीक्षाहरु छापिए। समीक्षामा रेयरको नाम छुटेन। निश्चल बस्नेतले नाटक हेरेपछि 'नाटकको हिरो खोई?' भन्दै रेयरलाई खोज्दै आए।

त्यसपछि उनले 'माथा पञ्चर', 'जिरो जिरो जेड', 'बैतरनी क्याफे' आदि  नाटकहरु गरे। 

सुरु भयो सिनेमा
निरन्तरको नाटक सिलसिलाले रियसरको सिनेमाको ढोका खुल्यो।

त्यतिबेला सिनेमा लेखक शान बस्नेतले 'चपली हाइट-२'को स्क्रिप्ट लेखेका थिए। सिनेमा सुट हुने भएपछि उनलाई नाटकमा हेरिरहेका शानले 'दयाहाङ राईको निर्देशित 'वैतरनी क्याफे' हेरेपछि- भाइ तिमीलाई पहिला पनि हेर्दै आएको थिएँ, सिनेमाको लागि एउटा रोल लेखेको छु है' भने।

सिनेमा गर्ने काठमाडौं छिरेका रेयरका लागि यो कुनै नाइँनास्तीको कुरा थिएन।

उनका लागि यो प्रस्ताव एउटा सपना जस्तै भइदियो।

शानले दीपेन्द्र के खनालसँग भेटाइदिए। थिएटर गरिरहेको भनेपछि अडिसनसमेत नलिई उनी 'चपली हाइट २'मा अनुबन्धित भए।

सिनेमा गर्न लागेको पहिलो खबर उनले ममीलाई सुनाए।

'त्यो चिजले अर्कै खुसी थियो। व्यक्त गर्दा नै त्यो व्यक्त गरेको कुरा प्राप्त खुसीको दाँजोमा कम हुन्छ होला', उनले त्यो दिनको खुसी सम्झिए।
 
त्यसपछि उनले 'बिजुली', 'रियाल रिँगेट' लगायतका सिनेमा गरे पनि ३-४ वर्ष उनी पुन रंगमञ्चमै रमाए।

त्यसपछि 'यात्रा' सिनेमामा अवसर पाए, 'यात्रा'को कामले 'ऐ मेरो हजुर ३'सँग उनलाई जोडिदियो। भर्खर गाडी चलाउन सिकेको फाइदा उनलाई भयो।

'ए मेरो हजुर ३' सिनेमाले उनलाई मासमा चिनाउने काम गर्‍यो।

यसरी हुँदैन भन्दै जाँदा आज 'खजुरे ब्रो'मा केन्द्रीय भूमिका रेयर हात पार्‍यो।

यो अवसरलाई उनी 'सपना जस्तो' भन्छन्।

'मण्डला'मा सिनेमाको वर्कसप चलिरहेको थियो। रेयर फुर्सदमा त्यहाँ टेबलटेनिस खेल्न पुगिरहेका हुन्थे।

'खजुरे ब्रोको वर्कसप भइराखेको छ भनने थाहा थियो, ए भन्ने बाहेक खास वास्ता थिएन। एकदिन चिया खान बसेको थिएं। खासमा त्यो दिन एउटा सामान पुर्‍याउन चाबहिल जानु थियो। तर आधा घण्टापछि जानुपर्ने भएपछि म चिया पिउँछु भनेर बसें। पुष्कर कार्कीले तिम्रो कुरो भइरहेको छ है, भित्रभित्रको कुरा हो भन्यो।'

त्यही बेला उमेश तामाङ आइपुगे र रेयरलाई एक जना मान्छे भेटाउँछु यही बस भने।

उमेशले डायमण्ड उप्रेतीसँग भेटाइदिए। डायमण्ड सिनेमाका कार्यकारी निर्माता हुन्। 

डायमण्डले लिएर गए अडिसन लिए। सिनेमाका निर्देशक सुरज सुनुवारले पनि रेयरलाई 'दामिनी भीर' नाटकमा हेरिसकेका रहेछन्। 

त्यसमा उनले गरेको पात्र सुरजलाई कताकता खजुरेझैं लागेको रहेछ। 

'अहिला सम्झिँदा हो रहेछ।'

सुरजले रेयरलाई एउटै प्रश्न सोधे, किनकि अभिनय कस्तो गर्छन् उनले देखिसकेका थिए।

प्रश्न थियो- नाच्न आउँछ?

उनले सिकायो भने आउँछ भन्ने जवाफ फर्काए।

उमेरलाई मध्यनजर गर्दै सुरजले दुई/तीन दिनको समय लाग्ने बताए।

४-५ दिनपछि रिहर्सलमा बोलाइयो। त्यसको केही दिनपछि लुक्स आदिको टेस्ट गरेर उनी 'खजुरे ब्रो'मा लक भए।

'लिड एक्टर बन्ने भएपछि उनी फुरफुर भए।

'ओ एस, आखिरमा भइछाड्यो भन्ने कताकताको खुसी अनुभव भयो', रेयरले भने, 'मनमा लिड क्यारेक्टर पाए त मार्थे भनेर सोच आउँथ्यो। आखिरमा पाइयो।'

अहिले पनि उनको दिमागमा यसमा भएन भने केटो विदेश भन्ने एक खालको मनोवैज्ञानिक दबाब रेयरले महसुस गरिरहेका छन्।

उनलाई लाग्छ, त्यस्तो अवस्थाको सामना उनले गर्नुपर्ने छैन।

भन्छन्- मैले गर्नुपर्ने मिहिनेत गरेको छु। अडियन्सले कसरी हेर्नुहुन्छ, त्यो हेर्न बाँकी छ।

छोरो हिरो भएकोमा उता घरमा ममी दंग छिन्।

पहिला-पहिला हिरोको साथीको रोलमा छ मेरो छोरा फिल्ममा छ भन्थिन् भने आजकल गर्वका साथ मेरो छोरो हिरो भयो भनेर साथीभाइलाई चिनाउन थालेकी छन्।

उनकी ममीलाई नीति शाह को हुन त्यति थाहा छैन। अरुहरुले भनेपछि बल्ल नीति को हुन् चिन्न थालेकी छन्। 

उनी यसमा झन्‌झन् गद्‌गद् भएकी छन्।

सिनेमा वैशाख २८ गते रिलिज हुँदैछ।

रेयर भन्छन्- सिनेमा अहिले बनिरहेका भन्दा फरक स्वादमा बनेको छन्। कथा फरक छ। कलाकारले पनि राम्रो काम गर्नुभएको छ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १७:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अशेष अधिकारी
लेखकबाट थप
डायल एक्सिलेटर ‘डेमो डे’मा कृषकलाई सघाउने ७ परियोजना
चकलेट पाउँदा आफूलाई मनिषा झैँ ठानेँः विपना थापा
अभिनयमा नयाँ परिचय खोजिरहेका विजय
सम्बन्धित सामग्री
‘ताराहरूलाई रङ्गमञ्चमा नै सीमित राख्न मन लागेन’ बुधबार साँझ नयाँ बानेश्वरस्थित एक चलचित्र भवनमा गरिएको प्रदर्शनीमा चलचित्रकर्मी तथा कलाकर्मीको उपस्थिति रहेको थियो। बिहीबार, भदौ ५, २०८२
‘कश्यप’ मार्फत टिकटकर आभा ढुंगानाको डेब्यु पक्का, रिद्वी खत्री पनि अडिसनबाट छनोट आभाले यसै फिल्मका लागि एक्सन दृश्यको बिशेष प्रशिक्षण लिईरहेकी छिन्, जसले उनको भूमिकामा थप दमदार र यथार्थता परक बनाउने अपेक्षा गरिएको... मंगलबार, साउन २७, २०८२
निःसन्तान जोडीको कथामा रामजी ज्ञवालीले बनाए ‘निःशब्द’ हाल पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा रहेको ‘निःशब्द’लाई निर्देशक ज्ञवालीले च्यारिटी शोमार्फत दर्शकसमक्ष ल्याउने, अन्तर्राष्ट्रिय फिल्म... शुक्रबार, साउन ९, २०८२
ताजा समाचारसबै
सुन तोलाको साढे २ लाख कट्यो बिहीबार, असोज ३०, २०८२
अमेरिकाबाट फर्किए स्वर्गीय विपीन जोशीका आमा र बहिनी, विमानस्थलमै लिन पुगे इजराली राजदूत बिहीबार, असोज ३०, २०८२
पाकिस्तान र अफगान सरकारबीच ४८ घण्टे युद्धविराम बिहीबार, असोज ३०, २०८२
२१ कम्पनी कालोसूचीमा बिहीबार, असोज ३०, २०८२
अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेट बिहीबार, असोज ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
नेपाल लगातार दोस्रोपटक टी-२० विश्वकपमा बुधबार, असोज २९, २०८२
एकीकृत समाजवादीलाई एकतामा आउन ओलीको प्रस्ताव बुधबार, असोज २९, २०८२
अमेरिकाबाट फर्किए स्वर्गीय विपीन जोशीका आमा र बहिनी, विमानस्थलमै लिन पुगे इजराली राजदूत बिहीबार, असोज ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्