काठमाडौँ- बागमती प्रदेश सभा सचिवालयमा शुक्रबार बसेको सर्वदलीय बैठकले यही वैशाख ३१ गते बजेट अधिवेशन आह्वान गर्न बागमती प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ।
बैठकले प्रदेश सभा अन्तर्गत रहेको विभिन्न पाँच समितिको सभापति चयनका लागि हुने निर्वाचन प्रक्रियालाई आगामी जेठ ४ गते भित्रै सम्पन्न गर्ने सहमति भएको प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले बताए। उनले प्रदेश सभाका सत्तापक्ष तथा प्रतिपक्ष दलका नेता र प्रमुख सचेतकबीच यही वैशाख ३० गते विभिन्न पाँच समितिको सभापतिको निर्वाचनलाई आपसी सहमति कायम गरी सम्पन्न गर्ने सहमति भएको जानकारी दिए।
सभामुख पाठकको आह्वानमा आज सर्वदलीय बैठकको आयोजना गरिएको थियो। प्रदेश सभाको हिउँदे अधिवेश यही वैशाख १२ गते रातिबाट अन्त्य गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।