काठमाडाैं– सरकारले संविधान दिवसको अवसरमा क्षेत्रमा ५ सय १ जनालाई विभूषित गर्ने भएको छ। सरकारले राजनीतिज्ञ, संस्कृतिविद्, पत्रकार, कलाकार, साहित्यकार समाजसेवी, संगीतकार, कर्मचारीलगायत विभिन्न क्षेत्रका व्यक्तिहरुलाई विभूषित गर्न लागेको हो।
_x000D_
_x000D_
सरकारले पुष्पलाल श्रेष्ठलाई मरणोपरान्त नेपाल रत्न पदक प्रदान गर्ने भएको छ। त्यस्तै, महाउज्ज्वल राष्ट्रद्वीप प्रथम श्रेणी पदक संस्कृतिविद् सत्यमोहन जोशी, राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई प्रदान गर्ने निर्णय गरेको छ। यस्तै महाउज्ज्वल राष्ट्रद्वीप प्रथम श्रेणी पदक राजनीतिज्ञ गजेन्द्रनारायण सिंह संगीतकार अम्बर गुरुङलाई मरणोपरान्त प्रदान गरिने भएको छ।
_x000D_
_x000D_
सुप्रसिद्ध जनसेवा श्री प्रथम श्रेणी पदक प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई प्रदान गरिने भएकोे छ भने उज्ज्वल कीर्तितमय राष्ट्रदीप द्वितीय श्रेणी पदक इतिहासकार तथा समाजशास्त्री डा. बालकृष्ण पोखरेल र संस्कृतिविद् जगमान गुरूङलाई प्रदान गरिदैंछ।
_x000D_
_x000D_
सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणी पदक कवि दिनेशहरि अधिकारी, कलाकार हरिप्रसाद रिमाल (मरणोपरान्त) र इतिहासविद् प्रा.डा. दिनेशराज पन्तलाई प्रदान गरिंदैछ।
_x000D_
_x000D_
सुप्रबल जनसेवा श्री तृतीय श्रेणी विभिन्न क्षेत्रका ९६ व्यक्तिहरुलाई प्रदान गरिएको छ। यो पदक पाउनेमा कर्मचारी, पत्रकारदेखि सामाजिक अभियान्तासम्म छन्।
_x000D_
_x000D_
यो पदक पाउने सचिव र प्रमुख सचिवमा निर्वाचन आयोग नेपालका सचिव बेगेन्द्रराज शर्मा पौड्याल, कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव राजिव गौतम, रक्षा मन्त्रालयका सचिव विष्णुप्रसाद लम्साल, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी, वन तथा वातावरण मन्त्रालयका सचिव डा.विश्वनाथ ओली, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश नम्बर २ का प्रमुख सचिव राजेश्वरमान सिंह र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश नम्बर ३ का प्रमुख सचिव रेश्मीराज पाण्डे छन्।
_x000D_
_x000D_
यस्तै, सुप्रबल जनसेवा श्री तृतीय श्रेणीकै पदक पाउने सहसचिवमा दीपक सुवेदी, नारायणप्रसाद शर्मा दुवाडी, ऋषि राजभण्डारी, तुलसी सेढार्इं, रुद्रसिंह तामाङ, रामचन्द्र ढकाल, धु्रवप्रसाद घिमिरे र केशवकुमार शर्मा छन्।
_x000D_
_x000D_
पत्रकार शिव गाउँले र तीर्थ कोइरालालाई पनि यो पदक प्रदान गरिएको छ । यस्तै, संगीतकार शम्भुजीत बाँस्कोटा, गायिका अरुणा लामा ( मरणोपरान्त), गायक प्रेमध्वज प्रधान, नन्दकृष्ण जोशी, बमबहादुर कार्की, कलाकार शकुन्तला गुरुङ शर्मा र कलाकार जेबी टुहुरेलाई पनि पदक प्रदान गरिंदैछ।
_x000D_
_x000D_
पदकबाट उद्योगी, व्यवसायी पनि सम्मानित भएका छन्। उद्योग व्यवसायी हरिभक्त शर्मा, हेमराज ढकाल, लोकमान्य गोल्छा, व्यवसायी, मीनबहादुर गुरूङ, राजेन्द्र मल्ललाई पदक प्रदान गरिने भएको छ।
_x000D_
_x000D_
सेनातर्फ उपरथी समीर शाही, कमेन्द्रविक्रम लिम्बू, सहायक रथी रघु भण्डारी, जोतिन्द्रबहादुर खत्री, रामशरण कार्की, शैलेन्द्र शम्शेर थापा, दामोदर थापा, सीताराम खड्का र कुवेर थापा, महासेनानी विष्णुकुमार खड्का, सुशीलकुमार भण्डारी, प्रेमबहादुर पुन, कैलाश गुरुङलाई र डा. सुशीलबहादुर रावललाई प्रदान गरिनेछ। यस्तै, प्रहरी नायव महानिरीक्षक डा. आशा सिंह, सहायक प्रहरी नायव महानिरीक्षक खड्गबहादुर राई, प्रहरी वरिष्ठ उपरीक्षक विनोदप्रसाद घिमिरे, विकाश श्रेष्ठ र सहायक प्रहरी वरिष्ठ उपरीक्षक कृष्णभक्त ब्रम्ह्चार्यलाई पनि पदक प्रदान गर्ने निर्णय भएको छ।
_x000D_
_x000D_
कीर्तिमय राष्ट्रियदीप चतुर्थ श्रेणी झमककुमारी घिमिरेलाई प्रदान गरिने भएको छ। सबैभन्दा धेरैलाई प्रबल जनसेवा श्री चतुर्थ श्रेणी पदक प्रदान गरिंदैछ। विभिन्न क्षेत्रका १ सय ६२ व्यक्तिलाई पदक प्रदान गरिएको हो। नाट्यकार सुनील पोखरेल, कलाकार किरणकुमार केसी, केदारप्रसाद घिमिरे, चलचित्रकर्मी आकाश अधिकारी, गायक पशुपति शर्मा र गुरुदेव कामतलाई प्रदान गरिने भएको छ।
_x000D_
_x000D_
फोटो पत्रकार मीनरत्न बज्राचार्य, पत्रकार रघु मैनाली, गणेश पाण्डे, माधव भण्डारी विद्रोही, शम्भु श्रेष्ठ, गोपाल थपलिया, गोपाल बुढाथोकी, गोपाल छाङ्छा राई, प्रताप विष्ट, निर्मला शर्मा, देवेन्द्रकुमार चुडाल, उजिर मगर, रविसिंह धामी र पुण्य पौडेललाई पनि यो पुरस्कार प्रदान गरिंदैछ।
_x000D_
_x000D_
उपसचिव पुरुषोत्तम ढकाल, राजन राई, लोकहरि बस्याल, दुर्गादेवी गुरुङ, सुवासकुमार भट्टराई, गोमादेवी चेम्जोङ, महाराज कोइराला, होमकान्त भण्डारी, ईश्वरकुमार गिरी, तुल्सीराम अर्याल, सरोजा अधिकारी, कोमलबहादुर खत्री, डा. अरुणप्रकाश भट्टलाई पनि पुरस्कार प्रदान गरिने भएको छ। यस्तै, शाखा अधिकृत कैलाश मातंछे श्रेष्ठ, राजकुमार बोहरा, केशव खतिवडा, विष्णुप्रसाद आचार्य, ज्ञानु कोइराला र टीका ढकाललाई पनि यही पदकबाट सम्मान गरिदैंछ। खेलाडी सञ्जु महर्जन र क्रिकेटर सन्दीप लामिछाने पनि पदकबाट सम्मानित हुनेछन्।
_x000D_
_x000D_
नायब सुब्बातर्फ जनसेवा श्री पञ्चम श्रेणी पदक एकरामुल हक, मोहनबहादुर बुढाथोकी, सूर्यबहादुर लामा, रामप्रकाश महतो कोइरी, शान्ता अर्याल, सूर्यबहादुर थापा, कृष्णप्रसाद तिमिल्सिना, अर्जुनप्रसाद डोटेल र भगवती शर्मा पौडेललाई प्रदान गरिने भएको छ। यस्तै, प्रहरी नायव निरीक्षकतर्फ सनम राई, विजय श्रेष्ठ, अशोककुमार पोखरेल, राजनप्रसाद तिमिल्सिना, कपिलदेव सिंह, सुमन कार्की, दुर्गाबहादुर राना, कमलबहादुर थपा, सुरेन्द्र टेर र गोमा पराजुलीलाई दिइने भएको छ। प्रहरी हवल्दार केशव केसी, विमलकुमार सेजुवाल र सुन्दर नेपालीलाई पनि सम्मानित गरिने भएको छ।
_x000D_
_x000D_
सिपाही जीवनाथ ठकुरी, कार्यालय सहयोगी हरि महर्जन, ज्ञानबहादुर राई, अणनाथ ढकाल, भिखु चौधरी, सुनकुमार नगरकोटी र रविन्द्रप्रसाद पासीलाई जनसेवा श्री पञ्चम श्रेणी पदक प्रदान गरिने भएको छ।
_x000D_
_x000D_
यस्तै, नेपाली सेनाले मात्र प्राप्त गर्ने परम पौरख भाष्कर पदक सहायक रथी सरोजप्रताप राणा, नवजीवशमशेर जबरा, नैनराज दाहाल, डा. गोपाल महर्जन, महासेनानी धु्रवप्रकाश शाह र प्रकाश मानन्धरलाई प्रदान गरिने भएको छ।
_x000D_
_x000D_
नेपाली सेनाबाहेक अन्य सुरक्षाकर्मीले मात्र पाउने नेपाल प्रताप सुभूषण पदक प्रहरी नायव उपरीक्षक हेमकुमार थापा, सहायक प्रहरी नायव उपरीक्षक विश्वकुमार भट्टराई, शंकर खनाल, नीरकृष्ण अधिकारी, किरणकुमार कठायत, प्रहरी निरीक्षक जागेश्वर भण्डारी, गोविन्दकुमार कार्की, सुनिलजंग शाह, दामोदर सिलवाल, अनिलकुमार अधिकारी, नवीनराज बुढाथोकी, मिठाराम दाहाल, तुलसा खतिवडा र सन्तोषकुमार पन्तलाई प्रदान गरिने भएको हो। सहायक प्रहरी निरीक्षकतर्फ नन्दबहादुर साउद, नवराजविक्रम कुँवर, भुवन सुवेदी, युवराज खड्का, जगदीशचन्द्र हमाल, विष्णुकुमार विसी, नारायण गुरुङ र अनुसन्धान अधिकृत विष्णुहरि पण्डित, हिराबाबु भट्टराई र गोपालबहादुर थापालाई प्रदान गरिदैंछ।
_x000D_
_x000D_
यस्तै, नेपाली सेनाले मात्र पाउने अति पौरख भाष्कर प्रमुख सेनानी, युवाधिरमानसिंह अधिकारी, रोजप्रताप जबरा, रविन्द्रबहादुर बस्नेत, प्रा. प्रमुख सेनानी डा. मुन थापा, सन्तोष कार्की, अनुप शाह, सुभाङ्गद कटुवाल, उज्ज्वल थापा, बसन्त गौतम, मनोज भण्डारी, डम्बरबहादुर बोहरा र दिवाकरविक्रम राणालाई प्रदान गरिने भएको छ।
_x000D_
_x000D_
नेपाली सेनाबाहेक अन्य सुरक्षाकर्मीले पाउने नेपालप्रताप भूषण प्रहरी नायव निरीक्षक विजयकुमार यादव, धनबहादुर डाँगा, राजकुमार श्रेष्ठ, प्रतिमाया राई, नारायणकुमार श्रेष्ठ, विजयकुमार राई, उपेन्द्र बम र टीकाराम राईलाई प्रदान गरिदैंछ। यस्तै, सहायक प्रहरी नयाव निरीक्षक दीपककुमार घिमिरे, किसनसिंह टेर, मनोजकुमार पौडेल, प्रा.सहायक प्रहरी नायव निरीक्षक नमिता पुजारी, प्रहरी सहायक निरीक्षक सीताराम बोहरा र रोशन पौडेललाई पनि यो पदक प्रदान गरिने भएको छ।
_x000D_
_x000D_
नेपाली सेनाले मात्र पाउने महापौरख भाष्करतर्फको पदक सेनानी अमित श्रेष्ठ, शान्तकुमार कार्की, रिदेश विष्ट, धिरन अधिकारी, लोचन कार्की, गोविन्द भुजेल, सुचित्रा थापा, सहसेनानी प्रदीप कुँवर, शिवहरि पुडासैनी, बिनिता अधिकारी, प्रद्युम्न कार्की र आसिना कार्कीलाई प्रदान गरिने भएको छ।
_x000D_
_x000D_
यस्तै, नेपाली सेनाबाहेक अन्य सुरक्षाकर्मीले मात्र पाउने नेपाल प्रताप भूषण प्रहरी हवल्दार वीरबहादुर खड्का क्षेत्री, रामेश्वरप्रसाद यादव, टिकेन्द्र सारु मगर, दीर्घनारायण क्षेष्ठ अनुसन्धान सहायक प्रकाशकुमार निरौला र अनिलकुमार शाहलाई प्रदान गरिंदैछ।
_x000D_
_x000D_
सुकीर्ति पदक प्रमुख सेनानी, प्रा. सेनानी, सेनानी, मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, सहसेनानी, खेलाडीलगायतलाई प्रदान गरिने भएको हो।
_x000D_
_x000D_
यस्तै, वीरता पदकबाट पनि प्रमुख सेनानी, सेनानी, प्रहरी नायव उपरीक्षक, सुवेदार, जम्दार, हुद्दा, अमल्दारलगायतले पाउने भएका छन्।
_x000D_
_x000D_
सौर्य, प्राकृतिक प्रकोप पीडितोद्वार र विकास रत्न पदकबाट पनि प्रहरी सहायक निरीक्षक, हुद्दा, प्यूठ, सिपाही, जमदारलगायतलाई सम्मान गरिने भएको छ।
_x000D_
_x000D_
पदक पाउनेकाे सूची:
_x000D_
_x000D_
_x000D_
_x000D_
_x000D_
_x000D_
याे पनि पढ्नुस्: विवादित व्यक्तिहरु नै पदक पाउनेको सूचीमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।