पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३ गते विश्वासको मत लिने भएका छन्। उनी गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टबाट गत चैत २५ गते नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त भएका थिए।
मुख्यमन्त्री अधिकारीले नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेश सभामा वैशाख २३ गते विश्वासको मत लिने गण्डकी प्रदेश प्रमुखको सचिवालयले जनाएको छ।
मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते दिनको ३ बजे प्रदेश सभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने सूचना आजै गण्डकी प्रदेश सभाको सचिवालयमा दर्ता गराएको प्रदेश सभा सचिव हरिराज पोख्रेलले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।