काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले विभिन्न राष्ट्रभाषामा आसन्न राष्ट्रिय महाधिवेशनको प्रचार प्रसार गरिरहेको छ। सबैलाई पहिचान सबैलाई सम्मानका खातिर राष्ट्रभाषालाई प्रचार प्रसारमा प्रयोग गरिएको हो।
पार्टीको प्रचार प्रसार तथा प्रकाशन विभागले ब्यानर, पोष्टर, स्टिकरलगायतका सामग्रीहरु नेपाली, अङ्ग्रेजी, मैथिली, भोजपुरी, अवधी, मगर, लिम्बू, शेर्पा, नेपालभाषालगायतका राष्ट्रभाषामा तयार गरी प्रचार प्रसार गरिराखिएको छ।
जसपाले एकताको प्रथम राष्ट्रिय महाधिवेशन कार्यतालिकाबमोजिम सार्वजनिक गरेको छ। जसअनुसार सङ्गठित पार्टी सदस्यको नामावली सार्वजनिक गरी आएका उजुरीउपर छानबिन गरी बैशाख २६ गते अन्तिम नामावली सार्वजनिक गर्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।