• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

संविधानको ३ वर्ष : कछुवाको गतिमा कार्यान्वयन, संशोधनको माग अझै जीवित

64x64
नेपाल लाइभ बुधबार, असोज ३, २०७५  ०८:४७
1140x725

काठमाडौ– २०७२ असोज ३ गते अर्थात् आजकै दिन दोस्रो संविधानसभाका बहुमत जनप्रतिनिधिको समर्थनमा ‘नेपालको संविधान’ घोषणा भएको थियो।

_x000D_ _x000D_

मधेस केन्द्रित दलहरुले भने उक्त प्रक्रियालाई बहिस्कार गरेका थिए। संविधानका विषयवस्तुमा सहमति गराउन अन्तिम समयसम्म सक्रिय रहेका तत्कालीन फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छादारले अन्तिममा भने हस्ताक्षर गर्न पाएनन्।

_x000D_ _x000D_

संविधानसभाबाटै संविधान जारी भएका देशहरुमा शतप्रतिशत हस्ताक्षरबाट जारी भएको उदाहरण छैनन्। छिमेकी भारतमा पनि लामो समय विवाद र केही राजनीतिक शक्तिहरुले बहिस्कार र असहमतिकै बीचमा संविधान जारी भएको थियो। नेपालमा पनि त्यस्तै भयो। विवादकै बीच संविधान जारी भयो।

_x000D_ _x000D_

संविधान जारी भएपछि त्यसको कार्यान्वयन पक्ष कस्तो रह्यो भन्ने मुख्य प्रश्न हो। कार्यान्वयनमा असन्तुष्ट पक्षलाई पनि समेट्न सकियो वा सकिएन भन्ने कुराले त्यसको सर्बस्वीकार्यता परीक्षण हुने गर्दछ।

_x000D_ _x000D_

संविधान कार्यान्वयनमा के–के भयो?
_x000D_  

_x000D_ _x000D_

सुरुमा विरोध, पछि सहभागी
_x000D_ मधेस केन्द्रित प्रमुख दुई दल संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक र राष्ट्रिय जनता पार्टी नेपालले संविधान घोषणाको क्रममा बहिस्कार गरे। तर, उनीहरु संविधानका सबै पक्ष स्वीकार नगरे पनि केही भने अहिले स्वीकार गरिसकेका छन्। ६ वटा मधेस केन्द्रित दलहरु एक भएर बनेको राजपाले मुख्यगरी संविधान संशोधनको माग गर्दै आएको छ। उसले यसपटक 'ब्ल्याक आउट' गर्ने निर्णय समेत गरेको छ।

_x000D_ _x000D_

फोरम पनि संविधान संशोधनको सहमति गर्दै संघीय सरकारमा सहभागी भएको छ। प्रदेश २ को सरकारको नेतृत्व गरिरहेको छ। उसले विगतमा मनाउँदै आएको कालो दिवस यस पटक मनाउन चाहेन। संघीय समाजवादीको स्वर नरम भएको देखिन्छ।

_x000D_ _x000D_

पहिलो संशोधनमा स्वामित्व भएन
_x000D_ ३ असोज ०७२ मा संविधान घोषणा भइसकेपछि हालसम्म एकपटक संविधान संशोधन भएको छ । २० असोज ०७२ मा सुशील कोइराला नेतृत्वको सरकारले पहिलोपटक संविधानको २ वटा धारामा संशोधनका लागि संशोधन प्रस्ताव संसदमा दर्ता गरेको थियो। त्यो प्रस्ताव माघ ९ गते पारित भयो। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

त्यसबेला समानुपातिक समावेशी सिद्धान्त स्वीकार गर्ने तथा जनसंख्या र भूगोलका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने विषय संशोधन भयो।

_x000D_ _x000D_

तर मधेसी दलहरूको माग सम्बोधन गर्न भन्दै संसदमा दर्ता भएको संशोधन प्रस्तावमा गत वर्ष भदौमा निर्वाचन भएको थियो। तर त्यो पारित हुन भने सकेन।

_x000D_ _x000D_

संघीय संसदबाट १०० कानुन बने
_x000D_ नयाँ संविधानले संघीय संरचनासहित दुई सदनात्मक व्यवस्थालाई अंगिकार गर्‍यो। प्रतिनिधिसभा तल्लो र राष्ट्रियसभा माथिल्लो सदनको रुपमा काम गरिरहेको छ।  

_x000D_ _x000D_

यी दुवै संसदले संविधान जारी भएपछि संघीय संसद हालसम्म ८४ अन्य र १६ मौलिक हक सम्बन्धी विधेयक दर्ता हुँदै पारित भएर कानुनको रुप ग्रहण गरेका छन्। संविधान घोषणापछि रूपान्तरित व्यवस्थापिका–संसद्ले स्थानीय, प्रदेश तथा केन्द्रीय तहका विभिन्न निर्वाचन सम्बन्धी ऐन बनायो। तत्काल संविधान कार्यान्वयनका ९ वटा र संविधानसँग बाझिएका कानुनहरु बनाउनुपर्ने रहेको छ।

Xtrem

Xtrem
_x000D_ _x000D_

तीन तहका निर्वाचन सम्पन्न
_x000D_ यसबीचमा स्थानीय तह, प्रदेश र संघको निर्वाचन सफलतापुर्वक सम्पन्न भएका छन् । ०७४ माघ ७ को संवैधानिक समयसीमाका कारण यी चुनावहरु सम्पन्न भएका हुन्। अहिले ७ सय ५३ स्थानीय, सात प्रदेश र संघीय गरी मुलुकमा ७ सय ६१ सरकार क्रियाशील छन्। सातवटै प्रदेशमा प्रदेश सभा तथा संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा गठन भई काम अघि बढिसकेको छ।

_x000D_ _x000D_

स्थानीय तहमा समेत जनप्रतिनिधिमूलक संस्थाले काम अघि बढाएका छन। संविधानअनुसार प्रतिनिधिसभामा २ सय ७५ र राष्ट्रिय सभामा ५९ गरी संघीय संसदमा ३३४ र सातवटै प्रदेशमा कुल ५ सय ५० सांसद निर्वाचित भइ आफ्नो काम गरिरहेका छन्।

_x000D_ _x000D_

मौलिक हक कार्यान्वयनका कानुन तयार
_x000D_ संविधानले तोकेको समयसीमाभित्र अर्थात् संविधान घोषणाको तीन वर्षभित्र मौलिक हक कार्यान्वयन गर्ने सबै ऐन संघीय संसद्बाट पारित भएका छन्। संविधानमा रहेका ३१ वटै मौलिक हक कार्यान्वयन गर्न १६ कानुन २ गतेमात्र प्रमाणीकरण भएका छन् भने त्यसका लागि आवश्यक नियमावली निर्माणको कार्य भइरहेको छ। केही मौलिक हकसम्बन्धी व्यवस्था मुलुकी ऐन तथा अन्य कानुनहरूले समेट्ने भएकाले १६ वटा मात्रै कानुनको मस्यौदा ल्याइएको सरकारले जनाएको छ।

_x000D_ _x000D_

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा तथा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले मंगलबार पत्रकार सम्मेलन गर्दै मौलिक हक कार्यान्वयनसम्बन्धी कानुन समयसीमाभित्रै सम्पन्न गरेर संसद्ले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए। सभामुख महराले हालसम्म संघीय संसद्मा ३२ वटा विधेयक दर्ता भएको र त्यसमध्ये ६ वटा विधेयक बजेटसँग सम्बन्धित रहेको बताए।

_x000D_ _x000D_

तीन वर्षमा चार सरकार
_x000D_ संविधान घोषणा भएको तीन वर्ष पूरा हुँदा मुलुकले चारवटा सरकार पाइसकेको छ। कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला नेतृत्वको सरकारले संविधान जारी गरिसकेपछि तत्कालीन एमालेका अध्यक्ष केपी ओली नेतृत्वमा सरकार बन्यो । त्यसपछि तत्कालीन माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकार गठन भयो । प्रचण्डपछि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार बनेकोमा संघीय संसद्को निर्वाचनपछि नेकपा अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बनेको छ ।

_x000D_ _x000D_

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधान घोषणा गरेपछि मुलुकले पहिलोपटक महिला राष्ट्रपति पायो। राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको अहिले दोस्रो कार्यकाल चलिरहेको छ ।

_x000D_ _x000D_

फागुन २१ को डेडलाइन
_x000D_ संघीय संसद्को पहिलो अधिवेशन प्रारम्भ भएको मितिले एक वर्षभित्र संविधानसँग बाझिने सम्पूर्ण कानुनलाई संविधान अनुकूल बनाउनुपर्ने संवैधानिक बाध्यता छ। मौलिक हक कार्यान्वयन गर्ने कानुन हतारमा अघि बढाइएको स्मरण गर्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले आगामी २१ फागुनभित्र संविधान अनुसार सहजीकरण गर्नुपर्ने कानुन सरकारले छिटो संसदमा पुर्‍याउने तयारीमा सरकार रहेको बताए ।

_x000D_ _x000D_

संविधान अनुकूल बनाउनुपर्ने कानुन २१ फागुन नजिकिँदै गर्दा हतारमा गर्नु नपरोस् भनेर तयारी थालेका पनि उनले बताए।

प्रकाशित मिति: बुधबार, असोज ३, २०७५  ०८:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ?
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्