बुटवल– बुटवल उपमहानगरपालिकाले आफ्नो १५ वर्षे दीर्घकालीन विकास गुरुयोजना सार्वजनिक गरेको छ। त्यसमा पाँच वर्षे आवधिक योजना समेटिएको छ।
_x000D_
_x000D_
उपमहानगरपालिकामा एक वर्षअघि जनप्रतिनिधि निर्वाचित भएपछि पहिलो वर्षलाई अध्ययन वर्षका रूपमा लिँदै अब समृद्धिको आधार वर्षका रूपमा दीर्घकालीन योजनासहित महत्वपूर्ण काम अगाडि बढाएको हो।
_x000D_
_x000D_
उपमहानगरपालिकामा मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा गुरुयोजना निर्माणको निम्ति विज्ञसमूह, विषयगत विज्ञ उपसमूह, निर्देशक समिति र सल्लाहकार समिति गठन गरेर वडाबासी तथा विभिन्न सरोकारवाला निकायसँग सुझाव संकलन गरिएको नगरप्रमुख शिवराज सुवेदीले जानकारी दिए।
_x000D_
_x000D_
उनले विभिन्न विषयगत समितिमा छलफल गर्ने काम सम्पन्न गर्दै तेस्रो नगरसभाबाट उपमहानगरपालिकाको एकीकृत विकास गुरुयोजना पारित गरिएको जानकारी दिए।
_x000D_
_x000D_
साथै नगर पाश्र्वचित्र निर्माण गर्ने कामसमेत सम्पन्न भएको बताए। तत्कालीन अंग्रेज सेनालाई पराजित गरेको जितगढी किल्लामा कर्णेल उजिरसिंहको पूर्णकदको शालिक बनाइने भएको छ।
_x000D_
_x000D_
सो किल्लामा विशाल राष्ट्रिय झण्डा फहराउने गरी ढाँचा तयार भइरहेको प्रमुख सुवेदीले बताए।
_x000D_
_x000D_
विभिन्न विज्ञसँगको अन्तरक्रिया र छलफलमार्फत ऐतिहासिक धरोहरकारुपमा रहेको सो किल्लाको संरक्षण गर्न कार्यपालिकाको बैठकबाट वैशाख ७ गतेलाई जितगढी विजयोत्सवका रूपमा मनाउने निर्णय भएको जनाइएको छ।
_x000D_
_x000D_
बुटवल उपमहानगर वडा नं १ र २ लाई पुरातात्विक बस्तीका रूपमा विकास गर्र्न र बुटवल १ मा अवस्थित पुरानो नगरपालिका भवन भएको स्थानमा बटौली संग्राहलय निर्माण गरिने भएको छ। सो कामका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार पार्ने काम अगाडि बढाइएको छ।
_x000D_
_x000D_
हिल पार्कमा विशाल बुद्ध मूर्ति साथै बुद्धिष्ट पार्क निर्माण गर्न सर्भे तथा जग्गा यकिन गर्ने काम सम्पन्न गर्दै डिपीआर तयार पार्ने काम भइरहेको नगरप्रमुख सुवेदीले बताए। सो बुद्धमूर्ति लुम्बिनीको मायादेवी मन्दिर परिसरबाटसमेत देख्न सकिने बताइएको छ।
_x000D_
_x000D_
यस्तै शिवनगर सामुदायिक वनमा ‘रामपिथेकस जियोलोजिकल पार्क’ बनाउन सर्भे तथा जग्गा यकिन गर्ने काम भइरहेको छ। मिलन पार्कको विकास गर्न गुरुयोजना निर्माण गर्दै पूर्वाधार निर्माणको काम शुरु भएको छ। पशुपतिनाथको महिमासँग जोडिएको सेमलारको नरैनापुर धाम र त्यसक्षेत्रको ताललाई जोडेर विशेष पर्यटकीय क्षेत्र बनाइने छ।
_x000D_
_x000D_
पार्क संरक्षण गर्न पर्खाल निर्माण गर्ने काम भएको प्रवक्ता रामप्रसाद रेग्मीले बताए। अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न अव्यवस्थित बसोवास व्यवस्थापन तथा सार्वजनिक जग्गा संरक्षण कार्यदल गठन गर्दै करीब १६ हजार घरघुरीको लगत संकलन गरी अमिनमार्फत नापी गर्ने प्रक्रिया अगाडि बढाइएको नगर प्रमुख सुवेदीले जानकारी दिए। रासस
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।