काठमाडौं- गत चैत २४ गते भएको प्रदर्शनमा राज्यपक्षबाट बौद्ध भिक्षुमाथि भएको आक्रमणप्रति माफी माग्न माग गरिएको छ। लामा फुर्वा तामाङ, बोन्बो धन बहादुर तामाङ, केलाङ प्रेम लावती तथा बाजं खलः कृष्ण मानन्धनले सोमबार विज्ञप्ति प्रकाशित गर्दै सो आक्रमणको आलोचना गरेका हुन्।
'हाम्रो धर्म, संस्कार, संस्कृति तथा सभ्यतामाथि भएको नियोजित आक्रमणको राज्यले तीन दिनभित्र पूर्ण क्षतिपूर्तिसहित माफी माग्न जोडदार माग गर्दछौँ', विज्ञप्तिमा भनिएको छ।
चैत २४ गतेको आक्रमणलाई आफूहरूको सम्यतालाई समाप्त गर्ने कम्युनिस्ट तथा आधुनिकतावादीहरूको नियोजित षडयन्त्र भएको उनीहरूको भनाइ छ। विज्ञप्तिमा उनीहरूले आफ्ना पूर्खाहरूले विकास गरेको धर्म, संस्कृति र सभ्यताको रक्षा गर्न सधैं तत्पर रहेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।