दाङ- सिकलसेल एनिमिया रोगका कारण दाङमा तीन जनाको ज्यान गएको छ। नियमित उपचार गराइरहेका तीन जनाको ज्यान गएको जिल्लाका स्वास्थ्य संस्थाले जानकारी दिएका छन्। जिल्लामा ९८ जनाले नियमित उपचार गराइरहेका छन्।
औषधि सेवन गरिरहेको अवस्थामा उनीहरुको मृत्यु भएको खबर परिवारले अस्पतालसम्म पुर्याएका छन्। नियमित उपचार गराइरहेका र रगत लिइरहेका तीन जनाको मृत्यु भएको रक्त सञ्चार केन्द्र घोराहीका इञ्चार्ज दिलीप न्यौपानेले जानकारी दिए। केन्द्रबाट १५ जनाले नियमित रगत साप्ताहिक रुपमा लिइरहेकामध्ये उनीहरुको ज्यान गएको हो। मुत्यु हुनेमा दुई पुरुष र एक महिला रहेका छन्। १२ जनाले अहिले नियमित रगत लिइरहेका छन्।
राप्ती उपक्षेत्रीय अस्पतालका सूचना अधिकारी अहमद मारुक खानले दाङका थारू समुदायमा बढी सिकलसेल एनिमिया देखिएको र हालसम्म अस्पतालबाट ९८ जनाले उपचार गराइरहेको बताए। सिकलसेलको पहिचान भएकाहरु उपचारका लागि सिफारिस माग्न आएका ८६ जनालाई निःशुल्क सिफारिश गरेको जनस्वास्थ्य प्रमुख धनश्याम पोख्रेलले बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।