काठमाडौं- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीले दाबी पेश गरेका छन्।
आइतबार उनले प्रस्तुत गरेको दाबीमा नागरिक उन्मुक्ति पार्टी, नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थन रहेको छ।
दाबी पत्रमा लक्ष्मणकिशोरले नागरिक उन्मुक्ति पार्टीका ७, कांग्रेसका १८ र एकीकृत समाजवादीका ४ सांसद रहेको विवरण पनि प्रस्तुत गरेका छन्।
जबकि, उनको पार्टीभित्र अहिले ७ सांसद बाँकी छैनन्। सातमध्ये एक सांसद इन्दिरा गिरी पदमुक्त भइसकेकी छिन्।
नाउपाको सिफारिस अनुसार उनी पदमुक्त भएको सूचना प्रदेश सभा सचिवालयले चैत २६ गते नै प्रकाशित गरेको थियो।
उनको सट्टामा अहिले अर्को सांसद निर्वाचित भइसकेका छैनन्। अर्का सांसद घनश्याम चौधरीलाई समेत नाउपाले तीन महिनाका लागि निलम्बित गरिसकेको छ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा अहिले ५१ सांसद बाँकी छन्। १९ सिट जितेको कांग्रेसका एक सांसद पृथ्वीबहादुर सिंहको मृत्यु भएको थियो।
नाउपाकी एक सांसद गिरीलाई पार्टीले पदमुक्त गरेको छ। त्यसैले मुख्यमन्त्रीमा दाबी गर्नका लागि २६ सांसद पुग्ने पार्टीहरू
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।