काठमाडौं– सरकारले संसद्को चालू अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो सिफारिस गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
‘संसद्को चालू अधिवेशन २०८० वैशाख २ गते रातको १२ बजेदेखि अन्त्य गर्न सम्माननीय राष्ट्रपतिज्यू समक्ष सिफारिस गर्ने निर्णय गरेको छ,’ निर्णय सुनाउँदै उनले भनिन्।
संसद्को अधिवेशन असफल नै सावित भएको छ। पछिल्ला केही दिनदेखि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसद्मा गृहमन्त्री रवि लामिछानेको राजीनामा वा छाानबिन गर्न संसदीय छानबिन माग गर्दै अवरोध गर्दै आएको थियो।
नेपाली कांग्रेसको निरन्तर अवरोधपछि सरकारले वार्ता गरेर संसद् खुलाउने भन्दा अन्त्य गर्न रोजेको हो। सरकारले बजेटको छलफल राम्रोसँग नगरी अधिवेशन अन्त्य गरेको छ।
यो अधिवेशनमा जम्मा तीन वटा मात्र कानुन बनाएको छ। कानुन बनाउने हिउँदे अधिवेशनमा काम गर्न नसकेको सरकारले वजेट अधिवेशन केही समयपछि बोलाउने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।