काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले सरकारले सुर्तिजन्य पदार्थलाई राजश्वको आम्दानीको बाटो बनाउनु नहुने बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित स्वास्थ्य सबैको सरोकार संवाद श्रृंखला कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सूर्तीजन्य पदार्थको सेवनबाट भएको क्षति ठूलो रहेको उल्लेख गर्दै उनले नियन्त्रणको बाटोमा अघि बढ्न सुझाव दिए।
उनले कूल मृत्युको १९ प्रतिशत मानिस नेपालमा सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको भन्दै यसलाई नियन्त्रण गर्न आवश्यक रहेको बताए। उनले राजनीतिक नेतृत्वहरु पनि गलत कुराको अनुयायी बन्न नहुने बताए।
उनले विश्वका धेरै देशहरुले पूर्ण प्रतिबन्ध गरेर अघि बढेको भन्दै उनले यो विषयलाई समाज, राजनीतिक दल संसद र सरकारको विषय बनाउनुपर्ने बताएका हुन्।
प्रमुख सचेतक बर्तौलाले सिंगो देशको प्रतिबद्धता भएमात्रै यस किसिमका समस्या समाधान हुनेमा जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।