काठमाडाै- लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिँदै छन् । विश्वासको मत लिने प्रयोजनका लागि सभामुख तुलाराम घर्ती मगरले शुक्बार १ बजे लुम्बिनी प्रदेशसभा बैठक बोलाइएकाे छ ।
लुम्बिनी प्रदेशसभामा रहेका ८७ जना सदस्यमध्ये महरालाई ४८ जना प्रदेशसभा सदस्यको समर्थनमा चैत २३ गते शुक्रवार लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । चैत २३ गते प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त भएका महराले चैत २५ गते शपथ ग्रहण र पदभार ग्रहण गरेका थिए ।
महरालाई गठबन्धन दल एमालेका २९ जना, माओवादी केन्द्रका १० जना, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जसपाका ३ जना, नेकपा एस १ र स्वतन्त्र सांसद खड्का बस्नेत गरी ४८ जना प्रदेशसभा सदस्यको समर्थन छ । त्यसै गरी विपक्षीमा नेपाली काँग्रेसका २७ जना, राप्रपा र लोसपाका ३÷३ जना प्रदेशसभा सदस्य रहेका छन् । राप्रपामा ४ जना मध्ये १ जना निलम्बनमा परेपछि ३ जना संसद् छन् ।
मुख्यमन्त्री महराले विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार र जिम्मेवारी प्रदान गर्ने तयारी गरेका छन् । मुख्यमन्त्रीसँगै लुम्बिनी प्रदेशमा विना विभागीय मन्त्री बन्नुभएका एमालेका चेतनारायण आचार्य, जनता समाजवादीका भण्डारीलाल अहिर र माओवादीका दीपेन्द्र पुनलाई कुनै जिम्मेवारी तोकिएको छैन । विश्वासकाे मत पाएपछि उनले सत्ता गठबन्धनका विचमा भएकाे सहमती अनुसार जिम्मेबारी बाँडफाँड गर्ने मुख्यमन्त्रीकाे तयारी छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।