काठमाडौं– प्रतिनिधि सभाको बैठक आगामी वैशाख २ गतेसम्मका लागि स्थगित भएको छ।
आज(बुधबार) बसेको प्रतिनिधि सभा बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणको लागि संसदीय छानबिन समितिको माग राखेको थियो।
दलगत प्रनिनिधित्वको आधारमा सांसदहरुले आकस्मिक समयमा समसामयिक विषयमा आ–आफ्नो धारणा समेत बैठकमा राखेका थिए। नेताहरुले बोलिसकेपछि सभामुख देवराज घिमिरेले शुन्य समय प्रारम्भ गरेसँगै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुले उभिएर बैठक अवरुद्ध गरेका हुन्।
लगत्तै प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरु पनि उभिएर सहकारी पीडितलाई न्याय दे लगायतका नाराबाजी समेत गरेका थिए। त्यसपछि सभाामुख घिमिरेले आगामी बैठक २०८१ साल वैशाख २ गते आइतबार बिहान ११ बजे बस्नेगरी आजको बैठक स्थगित भएको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।