काठमाडौं– आम जनता पार्टीका अध्यक्ष प्रभु साहले संमणणकालीन न्यायसम्बन्धि विधेयकलाई सरकारले प्राथमिकता नदिएको भन्दै आपत्ति जनाएका छन्।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले आफैंले प्राथमिकतामा राखेको छु भनेर घोषणा गरेको सो विधेयक कहाँ छ? भनी प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न समेत गरे।
अध्यक्ष साहले प्रधानमन्त्री दाहालले प्रधानमन्त्री बन्ने क्रममा संक्रमणकालिन न्याय सम्बन्धि विधेयक र संवैधानिक परिषद् लगायतका विधेयकलाई उच्च प्राथमिकता दिएर छिट्टै पारित गर्ने बताएपनि सो अनुसार काम हुन नसकेको बताए। उनले विषय विज्ञहरुलाई सांसदको स्वकिय सचिव नदिएकोमा पनि असन्तुष्टि व्यक्त गरे।
अध्यक्ष साहले सांसदहरुले संसदमा दर्ता गराएको सार्वजनिक महत्वको प्रश्ताव र विशेष प्रश्तावलाई समेत संसदले महत्व नदिएको गुनासो गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।