काठमाडौं– प्रतिनिधि सभाको गतिरोध अन्त्य गर्जे प्रयास स्वरुप सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन्।
बुधबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक अगाडि बढाउन प्रमुख प्रतिपक्षी दल कांग्रेसले अवरोध गर्ने भएपछि सभामुखले छलफल गरेका हुन्।
संसद् भवन नयाँ बानेश्वरमा दलका प्रमुख सचेतकसँग छलफल भइरहेको जनता समाजवादी दलका प्रमुख सचेतक प्रदीप यादवले जानकारी दिए।
गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा छानबिनका लागि संसदीय समिति बनाउन माग गर्दै कांग्रेसले संसद् अवरुद्ध गर्दै आइरहेको छ। मंगलबार बसेको बैठक कांग्रेसको अवरोधपछि कुनै अजेण्डामा प्रवेश नगरी स्थगित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।