काठमाडौं–राष्ट्रिय सभामा रिक्त रहेको उपाध्यक्ष पदका लागि आज निर्वाचन हुँदैन । माओवादी केन्द्रबाट राष्ट्रिय सभा उपाध्यक्ष भएकी उर्मिला अर्यालले राजीनामा दिएपछि रिक्त रहेको पदका लागि निर्वाचन हुन लागेको हो।
राष्ट्रिय सभा उपाध्यक्षका लागि सत्ता गठबन्धनका तर्फबाट एमाले सांसद विमला घिमिरे प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाएको छ।
एमाले उम्मेदवार घिमिरेका पक्षमा सत्ता गठबन्धन दलहरू छन् भने नेपाली कांग्रेसले अन्य साना दलहरूको मत तान्ने प्रयास गरिरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।