काठमाडौं- कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता यामलाल कँडेलले दाबी पेस गरेका छन्। कँडेलले एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका २३ जना सांसदको हस्ताक्षर सहित प्रदेश प्रमुख तिलक परियार समक्ष मंगलबार मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।
कर्णाली प्रदेश सभामा माओवादी केन्द्रका १३, सभामुख नन्दा गुरुङ बाहेक नेकपा एमालेका ९ र एकीकृत समाजवादीका एक सहित २३ जना प्रदेश सभा सदस्य छन्। प्रदेशमा सरकार गठनका लागि २१ जना आवश्यक पर्छ।
केन्द्रमा गठबन्धन फेरबदल भएसँगै प्रदेशमा पनि सत्ता समीकरण बदलिएको छ। पहिलेका मुख्यमन्त्री माओवादी केन्द्रका राजकुमार शर्माले राजीनामा दिएपछि एमालेका कँडेलले लुम्बिनीको मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।