काठमाडौं- उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा उजुरी पर्दैमा आफूले पदबाट राजीनामा नदिने जिकिर गरेका छन्। उपप्रधानमन्त्री लामिछानेले भ्रष्टाचारको उजुरी पर्दैमा राजीनामा दिने हो भने त्यसमा सहमति गरेर अघि बढ्न कांग्रेस तयार हुनुपर्ने सर्त समेत राखेका छन्।
नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएकाले छानबिनका लागि संसदीय समिति बन्नुपर्ने भन्दै संसद बैठक अवरुद्ध पारिरहेका बेला उनले भने मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उजुरी पर्दैमा छानबिन गर्ने कुरा संसदीय मूल्य, मान्यता भित्र नपर्ने जिकिर गरे।
उपप्रधानमन्त्री लामिछानेले भ्रष्टामुक्त मुलुक बनाउने साँच्चै चाहना हो भने उच्चस्तरीय छानबिन समिति बनाएर २०४७ साल यताका सबै भ्रष्टाचारका काण्डहरुको छानबिन गर्न तयार हुन पनि कांग्रेससँग प्रस्ताव गरे।
उनले भने, ‘यो त संसद्मा भइरहने कुरा हो। नेपाली कांग्रेसले निरन्तर गरेको विषय हो। आरोप लगाउने उहाँहरुको स्वतन्त्रताको कुरा होला। संसदीय अधिकारको कुरा होला। लोकतन्त्रको अभ्यास होला। तर मैले राजीनामा दिनुपर्ने हो भने आरोप लाग्दैन राजीनामा दिनैपर्ने सर्वदलीय सहमित गरौँ।’
उपप्रधानमन्त्री लामिछानेले आफूमाथि व्यक्तिगत आरोपमा संसदीय छानबिन समिति बनाउनुपर्ने मागको कुनै औचित्य नभएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।