• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

चुनौतीका चाङबीच कसरी सम्भव छ क्षयरोग उन्मुलन?

लक्ष्मी चौलागाईं मंगलबार, चैत २७, २०८०  १६:२०
1140x725

काठमाडौं– सन् २०३५ सम्ममा हाल रहेको क्षयरोगको महामारीलाई नियन्त्रण गर्ने तथा सन् २०५० सम्ममा नेपालबाट क्षयरोगलाई उन्मुलन गर्ने लक्ष्य नेपालले लिएको छ। 

सन् २०५० सम्ममा प्रति १० लाख जनसंख्यामा क्षयरोग संक्रमण १ जना वा सो भन्दा कम भएको अवस्थामा क्षयरोगलाई उन्मुलन भएको मान्न सकिने राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा प्रज्वल श्रेष्ठ बताउँछन्।  

नेपाल अझै २ सय २९ प्रति १ लाख क्षयरोगको भार रहेको छ। चालु रणनीति योजनाको अन्त्यसम्म १ सय ८१ प्रति १ लाखमा पुग्नुपर्ने डा श्रेष्ठ बताउँछन्। 

हरेक वर्ष विश्व स्वास्थ्य संगठनले ग्लोबल टिबी रिपोर्ट प्रस्तुत गर्दै आइरहेको छ। जसमा विभिन्न तथ्यांकमा आधारित भएर हरेक मुलुकमा नयाँ क्षयरोगीहरुको भार, मृत्यु लगायतका आंकलन गरिन्छ। 

नेपालमा सन् २०२० मा नेशनल टिबी प्रिभ्यालेन्स सर्वे भएको थियो । उक्त सर्वेले नेपालमा क्षयरोगको भार ५९ हजार रहेको तथ्य फेला पारेको थियो। 

यद्यपि सर्वे हुनु अगाडि नेपालमा वर्षेनी करिब ४० हजार भन्दा बढी क्षयरोगका बिरामीहरु थपिने गरेको आंकलन थियो । हरेक वर्ष हुने जनसंख्याको वृद्विदरका आधारमा सर्वे गरिन्छ। 

क्षयरोग र गरिबीबीचको अन्तर सम्बन्ध 
क्षयरोग र गरिबीबीच गहिरो सम्बन्ध रहेको तथ्य फेला परेको छ । विश्वमा क्षयरोगको अवस्था हेर्दा अल्पविकसित तथा न्यून आय भएका मुलुकहरुमा क्षयरोगीको संख्या उच्च देखिएको छ। 

विकसित मानिने मुलुकहरु उत्तर अमेरिका ,अस्ट्रेलिया तथा यूरोपियन मुलुकहरुमा क्षयरोगको भार कम पाइएको छ। दक्षिण पूर्वी एसियामा मात्रै विश्वकै ४६ प्रतिशत क्षयरोगीहरु रहेको तथ्यांक छ । कुपोषणको समस्या धेरै भएका मुलुकहरु यसको उच्च जोखिममा रहेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

गरिबी न्यूनीकरण नभएसम्म सन् २०५० सम्ममा क्षयरोग उन्मुलनमा चुनौती थपिएको छ। क्षयरोगको भ्याक्सिन विकास गर्न सकेमा आगामी २ दशकमा क्षयरोगलाई उन्मुलन गर्न सकिने सरोकारवालाहरु बताउँछन्। 

फोक्सो बाहेकका क्षयरोगी २८ प्रतिशत 
क्षयरोग भन्नासाथ फोक्सोको रोग भन्ने आम बुझाइ रहेको छ । फोक्सो बाहेक २८ प्रतिशत बिरामीहरुमा अन्य अंगको क्षयरोग भएको तथ्यांक छ। 

मुटु, मिर्गौला, दिमाख, आँखा, महिलाहरुको प्रजनन अंग लगायतका क्षयरोगका बिरामीहरुको संख्या २८ प्रतिशत रहेको हो। 

फोक्सोको क्षयरोग एक व्यक्तिबाट अर्कोमा सर्ने प्रकृतिको हुन्छ । अन्य अंगहरुमा लाग्ने क्षयरोग एक व्यक्तिबाट अर्कोमा सर्दैन।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जस्तै, मिर्गौला, आन्द्रा, दिमाग, पेट, मुटुको क्षयरोग एक व्यक्तिबाट अर्कोमा सर्दैन। एक फोक्सोको क्षयरोगीले प्रतिवर्ष १० जना बिरामीहरुलाई सार्ने अनुसन्धानबाट पुष्टि भएको छ। 

यद्यपि अन्य अंगको क्षयरोगीलाई समेत नेपाल सरकारको क्षयरोग नियन्त्रण कार्यक्रमले समेटेको छ। फोक्सो बाहेक अन्य अंगका क्षयरोगीहरुलाई अवस्था अनुसार १ वर्षसम्म नियमित औषधि सेवन गर्नुपर्ने हुनसक्छ। जुन नेपाल सरकारले निशुल्क रुपमा उपलब्ध गराइरहेको छ। 

नेपालका ६ हजार भन्दा बढी डट्स केन्द्रहरुले क्षयरोगको औषधि निःशुल्क रुपमा प्रदान गरिरहेको छ। नेपालमा क्षयरोगको मृत्युदर ३ प्रतिशत रहेको छ। क्षयरोगीले वार्षिक आम्दानीको २० प्रतिशत खर्च रोगको निदान तथा उपचारमा गर्ने गरेको पाइएको छ। 

बढी क्षयरोगी हुनेमा मधेश प्रदेश पहिलो 
मधेश प्रदेश नं १ मा बाग्मती प्रदेश नं २ मा तथा लुम्बिनी प्रदेश क्षयरोगको पहिचानको हिसाबले बढी क्षयरोगी भएको प्रदेशमा परेको छ। 

नेपाल सरकारको पछिल्लो गतिबिधिहरुले क्षयरोगलाई उच्च प्राथमिकतामा  राखेर काम गरिरहेको छ। नेपालमा सन् २०२१ को अन्त्यदेखि क्षयरोग मुक्त अभियान चलाइएको छ। 

सुरुमा २५ पालिकामा चलाइएको उक्त अभियान हाल १२५ पालिकाहरुमा चलाइएको छ। क्षयरोगको भार बढी भएका १२५ वटा पालिकाहरुलाई छनौट गरी उक्त अभियान चलाइएको हो। 

अभियान सञ्चालन गरिएका पालिकाहरुमा करिब ३६ प्रतिशतले बढी केशहरु पहिचान भएको छ । यद्यपि ७५३ वटै पालिकामा पुग्नुपर्ने चुनौती हामी माझ छ। 

नेपालले सञ्चालन गरेको क्षयरोग मुक्त अभियानलाई विश्वस्तरबाट समेत प्रशंसा मिलेको छ। 

चुनौती 
नयाँ क्षयरोगीहरुको संख्या ७० हजार आंकलन गरिएपनि  ३७ हजारको हाराहारीमा मात्रै केस पहिचान गर्न सकिएको देखिन्छ। 

अझै पनि ४५ प्रतिशत क्षयरोगीहरु पहिचान हुन नसकेको अवस्था छ। बढी भन्दा बढी केशहरु पत्ता लगाई अगाडि बढ्नु हाम्रो लागि चुनौती बनेको छ। 

कोरोना महामारी पश्चात् नेपालले क्षयरोगीको पहिचान संख्या बढाएको छ। नयाँ केसहरु बढी पहिचान हुनुमा समुदाय तथा निजी संघ संस्थाहरुको समेत संलग्नता रहेको छ। 

नेपाललाई औषधि प्रतिरोधी क्षयरोगीको संख्या उच्च भएको मुलुकका रुपमा विश्व स्वास्थ्य संगठनले समेत समावेश गरेको छ। 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १६:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते
‎सप्तरीका दुई शक्तिपीठमा नेपाली सेनाले पुष्पवृष्टि गर्ने
सम्बन्धित सामग्री
प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने लगातारको हिमपातले अवरुद्ध बनेको कर्णाली करिडोरअन्तर्गत हुम्लाको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुलाउन काम जारी राखिएको छ । नाम्खा गा... सोमबार, कात्तिक २, २०८३
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते सोमबार, कात्तिक २, २०८३
‎सप्तरीका दुई शक्तिपीठमा नेपाली सेनाले पुष्पवृष्टि गर्ने सोमबार, कात्तिक २, २०८३
काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरीद्वारा नि:शुल्क बस सेवा सञ्चालन सोमबार, कात्तिक २, २०८३
क्यानडाको सैन्य शिविरमा आगलागी, चार सैनिकको मृत्यु सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्