काठमाडौं- प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ। सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको पनि संलग्नतालाई लिएर प्रतिनिधि सभामा धारणा राख्दै आएको कांग्रेसको अवरोधपछि बैठक स्थगित भएको हो।
मंगलबारको बैठकको सुरुवातमा कांग्रेसकी सचेतक सुशीला थिङले संसदीय छानबिनको विषय उठाएकी थिइन्। उनले मंगलबार नै बसेको कांग्रेस संसदीय दलको बैठकको निर्णय पनि वाचन गरेकी थिइन्।
उनले संसदीय छानबिन समिति गठन नभएमा संसदको बैठक प्रभावित हुने विषयमा सरकार जिम्मेवार हुने प्रष्ट पारेकी थिइन्। कांग्रेसले उठाएको विषयप्रति सरकार जिम्मेवार नभएको उनको तर्क थियो। उनले सदनको कामकारबाही अघि नबढाउन आग्रह गरेकी थिइन्।
त्यसपछि सभामुखले रास्वपाका सांसद मनिष झालाई समय दिएका थिए। तर कांग्रेस सांसदहरूले यथास्थानमा उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुखले सदनको वातावरण शान्त बनाउने प्रयास गरे पनि असफल भएका थिए। बरु अन्य पार्टीका सांसदहरू पनि उभिएका थिए।
त्यसपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।