काठमाडौं– सदनको अवरोध खुलाउने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा बालुवाटारमा भएको बैठकमा सबै दलहरु आ–आफ्नै अडानमा रहेपछि सहमति नभइ सकिएको छ।
बालुवाटारको बैठकमा नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने अडान दोहोर्याएको थियो।
संसदीय दलको बैठकपछि बालुवाटारका बैठकमा पुगेका नेपाली कांग्रेसका महामन्त्री गगन थापासहितका नेताहरुले अडान कायमै राखेका थिए।
कांग्रेसले उक्त अडान राखीराख्दा नेकपा एमाले, रास्वपा, माओवादी केन्द्र छानबिन समिति बनाउन नसकिने अडानमा रहेका थिए। दुवै पक्ष आ–आफ्नै अडानमा रहेपछि छलफल बिनानिष्कर्ष सकिएको एक नेताले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।