काठमाडौं- प्रतिनिधि सभामा जारी अवरोध खुलाउने उपायको खोजी गर्न शीर्ष नेताहरूको बैठक जारी छ।
प्रधानमन्त्री निवासमा बैठक बसिरहेको हो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा लगायत सहभागी छन्।
नेपाली कांग्रेसले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको नाम पनि जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गरिरहेको छ। हिजाे बालुवाटारमा पनि सदनकाे अवराेध खुलाउन वैठक बसेकाे थियाे । उक्त वैठकमा सवै दल आ आफ्नै अडानमा रहेपछि सहमती हुन सकेकाे थिएन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।