काठमाडाै- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ।
गत फागुन ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ४० बुँदे मागपत्र बुझाएको राप्रपाले आफ्नो माग पूरा दबाब सिर्जना गर्न काठमाडौंमा बृहत् जनप्रदर्शन गर्न लागेकाे हाे ।
आजको जनप्रदर्शनमा काठमाडौंका विभिन्न स्थानबाट जुलुस निस्कने, ललितपुर, भक्तपुर र आसपासका जिल्लाबाट र्याली सहितको सहभागीता रहने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए। प्रदर्शनका सहभागीहरू भृकुटीमण्डपमा भेला हुने, सहरका विभिन्न ठाउँको परिक्रमा गर्ने र सभा गर्ने राप्रपाले जनाएको छ।
सभालाई अध्यक्ष राजेन्द्र लिङ्देन र नेताहरुले सम्बोधन गर्नेछन्। सघियता र धर्म निरपेक्षता खारेज गरी राजसस्था पूनस्थापना हुनुपर्ने माग उनीहरुले गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।