काठमाडौं-नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्ने भएको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा संसद्को आगामी बैठकको तयारीका सम्बन्धमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने भन्दै कांग्रेसले प्रतिनिधिसभामा विरोध गर्दै आएको छ । आज पनि प्रतिनिधिसभा बैठक बस्ने कार्यसूची रहेकाले बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने बताइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।