काठमाडौं- निर्वाचन आयोगले उपनिर्वाचनका लागि सोमबार उजुरीमाथि जाँचबुझ गर्दै अन्तिम नामावली प्रकाशन गर्ने भएको छ। उपनिर्वाचनमा उमेदवारी दिएका उमेदवारविरुद्ध परेका उजरीमाथि निर्वाचन आयोगले छानबिन गर्ने कार्यतालिका सगै उम्मेदवारको फाइनल सूची प्रकाशन गर्ने कार्यसूची रहेको आयोगले जनाएको छ।
आयोगका अनुसार आइतबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिने समय थियो। हिजै अपराह्न ३ बजेपछि २६ गते (आज) बेलुका ५ बजेसम्ममा उजुरीमाथि जाँचबुझ गरिने कार्यतालिकामा उल्लेख छ।
आज बेलुका उमेदवारको नामावली प्रकाशन गर्ने, २७ गते (भोलि) बिहान ९ देखि दिउँसो १ बजेसम्म उमेदवारी फिर्ताको समय दिइएको छ। २७ गते दिउँसो ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ५ बजेसम्म निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ।
२०८१ वैशाख १५ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।