काठमाडौं- गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन्। उनले आइतबार बिहान प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष दाबी पेस गरेका हुन्।
अधिकारीले एमालेका २२, माओवादी केन्द्रका ८ र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थनमा दाबी पेस गरेका हुन्। माओवादी केन्द्रका ८ सांसदमा सभामुख कृष्ण धिताल पनि पर्छन्।
यसअघिका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख भट्टले नयाँ सरकार गठनको आह्वान गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।