काठमाडौं– नेपाली कांग्रेसले उप–निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ। इलाम र बझाङमा हुने उप–निर्वाचनका लागि उम्मेदवार तय गरेको हो।
केही दिनदेखि इलामको उम्मेदवारबारे कांग्रेसभित्र विवाद भइरहेको थियो। कांग्रेसले इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार बनाएको छ।
बिहीबार सभापति शेरबहादुर देउवा निवास बुढानलीकण्ठमा बसेको संसदीय बोर्ड बैठकले इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार टुंगो लगाएको हो।
खड्का ४ मंसिर २०७९ को प्रतिनिधि सभा निर्वाचनमा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङसँग पराजित भएका थिए।
त्यस्तै बझाङ प्रदेश सभा (१) मा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। महामन्त्री गगन थापा पक्षले भने इलाममा अर्कै उम्मेदवार अघि सारेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।