काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बिहीबार बस्दैछ। बैठक बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्न लागेको हो।
बैठकले उपनिर्वाचनका उम्मेदवार तय गर्ने बताइएको छ। यसअघि मंगलबार र बुधबार पनि बैठक बसेको थियो। तर उम्मेदवार चयन गर्न भने सकेको छैन।
उपनिर्वाचनका लागि प्रतिनिधि सभामा इलाम क्षेत्र नम्बर ३ र प्रदेश सभामा बझाङ १ मा उम्मेदवार तय गर्नुपर्नेछ। उपनिर्वाचन आगामी वैशाख १५ गते हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।