• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

शून्य समयमा सांसदहरुः विवाहमा हुने तडकभडक रोक्नुपर्नेदेखि सहकारी ठगीमा छानबिन गर्न माग

64x64
नेपाल लाइभ बुधबार, चैत २१, २०८०  १४:१०
1140x725

काठमाडौं– प्रतिनिधि सभाको शून्य समय सांसदहरुले वैवाहिक समारोहमा हुने तडकभडक रोक्नुपर्ने देखि सहरकारी ठगी गर्ने मन्त्रीहरुको विषयमा छानबिन गर्न माग गरेका छन्।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले यस्तो माग गरेका हुन्। उनीहरुले किसानको दुधको भक्तानी गर्न, जोखिमपूर्ण सडक सुधार गर्न, सहकारी ठगि प्रकरण छानबिन अगाडि बढाउन, वीर अस्पालतमा आवश्यक जनशक्ति पूर्ति गर्न भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

शून्य समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले वैवाहिक समारोह संस्कृतिभन्दा पनि तडकभडकतिर गइरहेको बताए। उनले फिल्मी तरिकाले हल्दी, मेहन्दी लगात बाहिरी संस्कृति भित्रिरहेको भन्दै चिन्ता व्यक्त गरे। उनले मधेसमा जन्ती हेलिकप्टरमा जाने विकृति बढेको भन्दै त्यसलाई रोक्न सम्बन्धित निकायसँग माग गरे। 

उनले भने,‘ मधेसमा जन्ती बेहुली कहाँ हेलिकोप्टरमा जाने विकृति बढ्दैछ। त्यसले तीन वटा कुरामा जोखिम बढाएको छ। यसको आर्थिक भार बेहुलीको माईतीतर्फ पर्ने, बस्तीको छाना जोखिमपूर्ण हुने, होलिकोप्टर ल्याण्ड गर्दा व्यवस्थित हेलिप्याड नहुँदा जोखिमपूर्ण हुन्छ। त्यसैले सबै साझेदारको ध्यानाकर्षण गराउन चाहन्छु। यो विकृतिलाई रोक्न आवश्यक पहलकदमी होस्।’

नेकपा (माओवादी केन्द्र) की सांसद विमला सुवेदीले वीर अस्पातलमा जनशक्ति अभावको कारण देखाउँदै आकस्मिक कक्षलाई गोदाम बनाउने काम भएको भन्दै तत्काल आवश्यक जनशक्ति पूर्ति गर्न सरकारसँग माग गरिन्। उनले आवश्यक जनशक्ति पूर्ति गरी वीर अस्पतालमा आकस्मिक कक्ष लगायत उपचारलाई निरन्तरता दिन माग गरिन्। 

उनले बिरामीहरुले अस्पतालमा सास्ती भोग्नुपर्ने अवस्थाको अत्य गर्न सरकारको ध्यानाकर्षण गराइन्। उनले भनिन्,‘गरिबको लागि भनेर चिनिएको वीर अस्पतालको आकस्मिक बेडमा तीन जनासम्म राखी सास्तीका साथ उपचार गराई रहेका छन्। अस्पतालमा आइसियु नभएर विभिन्न अस्पतालमा भौँतारिनुपरेको छ। महँगा निजी अस्पतालमा आइसीयुमा खोज्नुपर्ने अवस्था भएको छ। तर वीर अस्पतालको आकस्मिक कक्षको कोठा गोदाममा परिणत भएको छ। सघन अति सघन कक्षको कोठा घटाईएको  छ। जुन जनशक्तिको अभाव भनेको पाइन्छ। वीर अस्पतालमा काम डाक्टर नर्स सहितका करिब दुई सय जना कर्मचारी हटाउँदा अस्पतालका कोठाहरु गोदाम घरमा परिणत भएका छन्। वीर अस्पतालमा जनशक्ति अभाव तत्काल पूरा गरी सबै सेवा सुचारु गर्न माग गर्दछु।’

प्रतिनिधि सभा सांसद महेन्द्रकुमार रायले महोत्तरी जिल्लाको भिटामोर भन्सार कार्यालयमा तेस्रो मुलुकबाट आउने समानहरुको भन्सार काट्ने अनुमति दिन माग गरे। उनले उक्त भन्सारमा ड्राइपोर्ट निर्माणको लागि आगामी आर्थिक वर्षमा बजेटमा सुख्खा बन्दरगाह निर्माणको लागिसम्बन्धित निकायसँग माग गरे।

उनले भने, ‘महोत्तरी जिल्लाको भिटामोर भन्सार कार्यालयमा तेस्रो मुलुकबाट आउने समानहरुको भन्सार काट्ने अनुमति दिन र ड्राइपोर्ट निर्माणको लागि आगामी आर्थिक वर्षमा बजेट निर्माणको लागि सभामुखज्युमार्फत सम्बन्धित निकायसँग माग गर्न चाहन्छु।’

Ncell 2
Ncell 2
nimb
nimb

बैठकमा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले किसानहरुले लामो समयदेखि दूध भुक्तानीको रकम नपाएको भन्दै तत्काल उपलब्ध गराउन माग गरे। उनले देशभर करिब ५ अर्ब भन्दाबढी दूधको मूल्य भुक्तानी सरकारले गर्नुपर्नेमा मकवानपुर जिल्लाका किसानहरुलाई मात्रै करिब ६० करोड रहेको बताए। 

उनले नेपाल कृषिप्रधान देश भएकाले कृषिमा किसानहरुलाई राहत पुग्नेगरी बजेट निर्माण गर्ने प्रक्रियामा ध्यान जान आवश्यक रहेको बताए। उनले किसानको दूधको मूल्य तत्काल भुक्तानी हुने कुरामा कृषिमन्त्रीले पहल कदमी लिन आग्रह गरे। 

उनले खेतीपातिको समय सुरु भएको भन्दै किसानहरुले रासायनिक मल सहजता रुपमा उपलब्ध गराउन माग गरे।

उनले भने,‘किसानहरुले लामो समयदेखि दुधको मूल्य पाएका छैनन्। देशभर करिव ५ अर्ब भन्दाबढी दूधको मूल्य भुक्तानी गर्नुपर्ने छ। मकवानपुर जिल्लाका किसानहरुलाई मात्रै करिव ६० करोड छ। कृषि मन्त्रीज्युको ध्यानाकर्षण गराउन चाहन्छु। नेपाल कृषि प्रधान देश हो। सरकारले बजेट बनाउँदै छ। कृषिमा किसानहरुलाई राहत पुग्नेगरी बजेट निर्माण गर्ने प्रक्रियामा ध्यान पुगोस्। किसानको दुधको मूल्य तत्काल भुक्तानी हुने कुरामा कृषिमन्त्रीले पहल कदमी लिनुहोस्।’

Xtrem

Xtrem

नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले अरनिको राजमार्ग अन्तर्गत जुरे पहिरोदेखि तातोपानी लिपिङसम्मको सडक खण्डको यात्रा कष्टकर रहेको बताए।  उनले उक्त सडक वर्षातमा भयावह र जटिल हुने निश्चित रहेको भन्दै मर्मतको लागि सरकारको ध्यानकर्षण गराए। 

उनले प्रधानमन्त्रीको चीनको भ्रमणका बेलामा दुईपक्षीय वार्ता नेपालको आवश्यकतालाई मध्यनजर गर्दै अरनिको राजमार्ग मर्मत सभार सुरु गर्न चिनियाँ पक्ष तयार भएको उल्लेख भएको भन्दै अर्थमन्त्रालय वैदेशिक साहयता महाशाखा लगायत सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराए। उनले मंसिरदेखि यताको किसानलाई सरकारले दिनुपर्ने भुक्तानी वक्यौता नपाएको बताए। 

उनले डिडिसी र निजी क्षेत्रले उत्पादन गरेका दुग्धजन्य पदार्थको ७ अर्बको गोदाम भएर बसेका सामानहरु सरकारले आयात प्रतिस्थापन गर्ने,गोदाम भएर बसेका वस्तुहरुको बजारिकण गर्ने डिमान्ड र सप्लाईको वैज्ञानिक व्यवस्थापन गर्ने योजना बनाउन माग गरे।

नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौड्यालले सहकारी ठगी प्रकरणका सरकारका गृहमन्त्रीदेखि श्रम मन्त्रीसँग जोडिएको बताइन्। उनले सरकारले सहकारी ठगिको छानबिन गर्ने बाटो बन्द गरेको भन्दै तत्काल छानबिन प्रक्रिया अगाडि बढाउन माग गरिन्। उनले ऊर्जामन्त्री शक्ति बस्नेतको पनि नाम जोडिएको भन्दै अब सांसदहरुले सार्वजनिक सवारी साधनमा हिँड्दा सांसदको लोगो लगाएर हिँड्न गाह्रो भएको दाबी गरिन्। 

उनले भनिन्,‘सहकारी ठगि प्रकरणका सरकारका गृहमन्त्रीदेखि श्रम मन्त्रीसँग जोडिएका छन्। सरकारले सहकारी ठगिको छानबिन गर्ने बाटोमा जाँदैन। ऊर्जामन्त्री शक्ति बस्नेतको पनि नाम जोडिएको छ। सांसदहरुले सार्वजनिक सवारी साधनमा हिड्दा सांसदको लोगो लगाएर हिँड्न ग्राहो भएको छ। सम्मानित भएर हिँड्यौ की नहिड्यौं?’

नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले गृहमन्त्रालय पिएसोको आतंक बनेको बताए। उनले पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीका पीएसोहरु जतिसुकै नम्बरमा भए पनि प्रमोसन भइहाल्नुपर्ने अवस्था आएको बताए। उनले दक्षता, क्षमता योग्यताको बदर नहुने परिपार्टी विकास भएको दाबी गरे। 

उनले भने, ‘गृहमन्त्रालय पिएसोको आतंक बनेको छ। पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीका पीएसोहरु जतिसुकै नम्बरमा भए पनि प्रमोसन भइहाल्नुपर्ने भएको छ। दक्षता, क्षमता योग्यताको बदर नहुने परिपार्टी विकास भयो। मन्त्रीहरु प्रशिक्षण लिईरहेका छन्। प्रतिक्षार्थी मन्त्री प्रतिक्षार्थी नै कर्मचारी नियुक्त गर्ने परिपार्टी भयो भने देश कहाँ जाला? परराष्ट्र मन्त्री सात दिनसम्म चीनमा गएर जिब्रो परिवर्तन गरेर आउनुभएको छ। देशले केही पायो की संसदलाई जानकारी दिन अनुरोध गर्दछु। संसदमा मानमर्यादा हनन् भएको छ। संसदमाथि चिठ्ठी लेख्ने काम प्रहरी प्रशासनले गरेको छ। संविधानविपरित अनुसन्धानमा छ भनेर संसदमाथि चिठी लेख्ने परम्परा अहिलेदेखि सुरु भयो। किन गरिन्छ।’

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १४:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ?
सम्बन्धित सामग्री
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? मन्त्रालयले मौसमको अवस्थाअनुसार आन्तरिक उडानमा सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिएको छ। सम्भावित विपद्का बेला उद्धार... बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपाली समयअनुसार शुक्रबार बिहान करिब ५ बजेदेखि ६ बजेको बीचमा महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्... बिहीबार, असोज ८, २०८३
सदनको नियमापत्तिलाई सदुपयोग गर्न सभामुखको निर्देशन बिहीबारको बैठकमा सभामुख अर्यालले सदनको नियमापत्तिलाई सदुपयोग गर्न भनेका हुन्। बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्