काठमाडौं– परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो चीन भ्रमणबारे संसदमा जानकारी गराएका छन्। उनले छिमेकी देश चीनसँग सम्वन्ध विस्तार गर्न आफ्नो भ्रमण सफल भएको दाबी गरे।
उनले लगानी सम्मेलनमा चिनियाँ व्यवसायीको सहभागितादेखि परम्परागत नाकाहरु सञ्चालन गर्ने विषयमा धेरै उपलब्धि भएको दाबी गरे। प्रतिनिधि सभामा आफ्नो भ्रमणवारे जानकारी दिदै उनले आफ्नो भ्रमणमा पहिलो पटक उच्चस्तरमा छलफल गर्ने संयन्त्र निर्माण गर्नेदेखि यसअघि भएका सहमतिहरुलाई कार्यान्वयन गर्न धेरै सहमति भएको दाबी गरे।
उनले भैँसीको मासु र नेपालवाट घाँस चीन निर्यातका लागि अघि बढेको दाबी पनि गरे। उनले नेपालको भ्रमणवर्ष चीनमा मनाउनेदेखि चीनमा ठूला शहरहरुसँग सम्बन्ध विस्तार गर्न मद्दत पुग्ने छलफल भएको दाबी गरे।
उनले विश्वको तीव्र आर्थिक विषयमा अघि बढेको नेपालले साना सहयोग भन्दा ठूला सहकार्य गर्नुपर्ने भन्दै व्यापार नाका खोल्ने सहमति गरेको उनले दाबी गरे। उनले परम्परागत रेशम मार्ग खोल्न सिचुवान प्रदेशहुदै नेपालसम्म नाका सञ्चालन गर्ने बाटो खुलेको पनि उनले दाबी गरे।
उनले तिब्बत र सिचुवान हुँदै आर्थिक विकास परियोजना बनाउनुपर्ने यसले निकै लाभ नेपालले लिन सक्ने उनले दाबी गरे। उनले यस पटकको आफ्नो भ्रमणले यसमा उपलव्ध हासिल गरेको दाबी।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।