काठमाडौं- बागमती प्रदेशमा नेकपा एमालेबाट नियुक्त भएका चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार एमालेबाट मन्त्री बनेका काठमाडौंका केशव पोखरेल र प्रकाश श्रेष्ठ, ललितपुरका रामेश्वर श्रेष्ठ, मकवानपुरका एकालाल श्रेष्ठलाई शपथ गराएका हुन्।
प्रकाश श्रेष्ठले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन, पोखरेलले वन तथा वातावरण, एकालाल श्रेष्ठले खानेपानी, ऊर्जा तथा सिँचाईं र रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन्। यसअघि एमाले दुई महिना सरकारमा बसेर १० चैत ०७९ मा बाहिरिएको थियो।
एमालेबाट संसदीय दलका नेता जगन्नाथ थपलिया यसअघि नै आर्थिक मामिला तथा योजना मन्त्री बनिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।