काठमाडौं– आजबाट बलिउड अभिनेता अजय देवगन ५५ वर्ष लागेका छन्। उनी अप्रिल २, सन् १९६९ मा भारतको राजधानी नयाँ दिल्लीमा जन्मेका थिए।
उनका बाबु विरु देवगन बलिउडका आफ्नो समयका चर्चित एक्सन निर्देशक हुन्। 'फूल और काँटे'बाट बलिउडमा डेब्यू भएका अजय 'सिघंम', 'गोलमाल', 'राजनीति', 'गंगाजल', 'दिलजलें', 'ईश्क', 'दृश्यम' जस्ता सिनेमाका लागि चर्चित छन्।
उनले बलिउड अभिनेत्री काजोलसँग प्रेम विवाह गरेका हुन्। उनीहरुले पहिलोपटक सन् १९९५ मा 'हलचल' सिनेमामा एकसाथ काम गरेका थिए। सोही सिनेमाबाट उनीहरुको प्रेम सुरु भएको थियो।
पहिलोभेटमा अजयलाई काजोल ठूलो स्वरमा धेरै बोल्ने घमण्डी केटी लागेको थियो। सो भेटमा काजोल उनलाई मनपरेन र उनी दोश्रोपटक भेट्न चाहन्नथे। आफूहरु अलग व्यक्तित्व भएका व्यक्ति भएकाले खासै एकापसमा राम्रो नजम्ने ठानेको अजयले एक अन्तरवार्तामा खुलासा गरेका थिए।
उनीहरुलाई पहिलोपटक भेट गराएको 'हलचल' सिनेमामा सुरुमा काजोल नायिका थिइनन्, अभिनेत्री दिव्या भारतीको निधन भएपछि उनले यो सिनेमाम मौका पाएकी थिइन्। रिलिजपश्चात सिनेमाले सफलता हात पार्यो र उनीहरुको नजिक हुनेक्रम ततःपश्चत बढ्न थाल्यो, जुन प्रेममा परिणत भयो।
उनीहरुको प्रेम सुरु भएपछि उनीहरुका निकट मित्रहरुले दुबैलाई एकआपसमा डेट नगर्न सुझाएका थिए। तर उनीहरु प्रेममा परे र सन् १९९९ मा उनीहरुले सुटिक्क पारिवारिक उपस्थितिमा विवाह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।