काठमाडौं– नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाएका हुन्।
सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने बैठक आगामी वैशाख १५ मा हुने उपनिर्वाचन केन्द्रित हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। बैठकले इलाम–२ र बझाङ प्रदेशसभा (१) को उम्मेदवार तय गर्ने बताइएको छ।
बैशाख १५ गते हुने उपनिर्वाचनको लागि निर्वाचन आयोगले चैत २४ गते उम्मेदवारको मनोनयन पत्र दर्ताको समय तोकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।