• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर ७, २०८३ Mon, Nov 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सरकारले रुसी सेनामा कार्यरत नेपालीहरुलाई खोज्ने प्रयत्न समेत गरेको छैनः कांग्रेस सांसद पौडेल

64x64
नेपाल लाइभ सोमबार, चैत १९, २०८०  १४:०६
1140x725

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारले रुसी सेनामा गएको नेपालीहरुको खोज्ने प्रयत्न समेत नगरेको बताएका छन्।

रुसमा नेपाल आउने चाहनमा तडपिएर बसेका नेपालीहरुलाई फिर्ता ल्याउने काममा पनि सरकार गम्भिर नभएको सांसद पौडेलको भनाइ थियो। सोमबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै उनले ती नेपालीहरुलाई नेपाल ल्याउन प्रयास किन नगरेको भनि सरकारलाई प्रसमेत गरे। 

Ncell 2
Ncell 2
nimb
nimb

करिब ३ सय बढी रुसी सेनामा कार्यरत नेपालीहरु बेपत्ता भएको तथ्यांक आफूले पाएको उल्लेख गर्दै सांसद पौडेलले त्यसको खोजी गर्न समेत सरकारले पहल नलिएको जिकिर गरे। उनले युक्रेनी सेनामा पनि नेपालीहरु रहेको कुरा युक्रेनले सार्वजनिक गरेको भन्दै त्यसप्रति पनि सरकारले चासो नदिएको बताए। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

सांसद पौडेलले भने, ‘केही समय अघि हमासले बन्धक बनाएको विपिन जोशीको अवस्था अहिलेसम्म पत्ता लागेको छैन। नेपालले एउटा नेपाली नागरिकलाई उसको अवस्था पत्ता लगाएर नेपाल ल्याउन सकेको छैन। पछिल्लो समय अर्को कुरा व्यापक ढंगले आइरहेको छ। नेपालीहरु रुसी सेनामा छन् भन्ने कुरा सरकारलाई थाहा छ। तर नेपालीहरु कति संख्यामा रुसी सेनामा छन्, उनको अवस्था के छ, उनका आफन्तहरु कुन पीडामा बाँचिरहेका छन्? भन्ने कुरामा सरकार बेखबर छ। बेखबर मात्र होइन सरकारले खोजी गर्ने चेष्टा नै गरेको छैन। अघिल्लो परराष्ट्रमन्त्रीज्युले समय मिलाउनु भयो। पछिल्लो पराष्ट्रमन्त्रीले रुसी विदेशमन्त्रीसँग वार्ता गर्नुभयो, संवाद गर्नुभयो। अनुरोध गर्नुभयो कि हाम्रो सेना फिर्ता गरिदेऊ। माननीय अर्थमन्त्रीज्युले रुसी राजदुतलाई बोलाएर भेट्नुभयो। राजदूत महोदयले जवाफ दिनुभयो–तपाईका नागरिक आधिकारिक रुपमा हाम्रा सेनामा गएका होइनन्। उनीहरु फर्कन पनि चाहँदैनन्। त्यो शब्द कुटनीतिक मर्यादाभित्र पर्छ कि पर्दैन? त्यसैले सरकारले यसको बारेमा एकिन तथ्यांक आजसम्म निकाल्न सकेको छैन। मैले पीडित परिवारलाई भेटेको थिए। यो क्षेत्रमा काम गर्ने केही स्वयमसेवीहरुलाई भेटेको थिए। उहाँहरुको भनाईको आधारमा मलाई एउटा विवरण प्राप्त भएको छ। कम्तिमा पनि रुसी सेनामा ७ सय नेपाली छन्। तीमध्ये ४० जनाको मृत्य भईसकेको छ । नेपालमा त्यो लास आउन नसकेर मृतकका परिवारले कुशको प्रतिक बनाएर उहाँहरुको कृयाकर्म गरिसक्नुभएको छ। ११७ जना घाइते छन्। यो मैले कम्तिमा नेपालमा कन्टयाक्ट भएकाहरुको तथ्यांक बनाउँदैछु। करिब ३ सय बेपत्ता छन्। अनि थुप्रै व्यक्तिहरु देश फर्कनका लागि फारम भरेर बसेका छन्। सरकार अलपत्र परेको ती नेपालीको उद्धार गर्ने काम त परै जाओस कति छन् त्यहाँ नेपालीहरुको भनेर यकिन तथ्यांक पत्ता लगाउने कोशिस पनि गरिरहेका छैन। रुसमा मात्रै होइन, युक्रेनी सेनामा पनि बन्दीका रुपमा नेपालीहरु रहेको कुरा युक्रेनले नै सार्वजनिक गरेको छ। नेपालको परराष्ट्र मन्त्रालय, यसको संयन्त्रले नेपालीहरुको उद्धार गर्ने काममा निम्ति अहिलेसम्म के गरेको छ? सरकारले गर्न सक्दैन भने सरकारले मानव अधिकारवादी संस्थाहरुलाई अनुरोध गर्नसक्छ। रेडक्रसलाई अनुरोध गर्नसक्छ। युएनलाई अनुरोध गर्नसक्छ। नेपाली ल्याउनका लागि सरकारको जुन ढंगको पहल हुनुपर्ने हो, त्यो पहल भएको अवस्था छैन। म यतातिर सरकारको गम्भिर रुपमा ध्यान आकृष्ट गर्न चाहन्छु।’

सांसद पौडेलले सरकारले युएनलगायतका मानव अधिकारवादी संघ, संस्थासँग आग्रह गरेर भएपनि रुस र युक्रेनको सेनामा कार्यरत नेपालीहरुलाई फिर्ता ल्याउन पहल गर्नुपर्ने धारणा समेत राखे।

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १४:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जिपको ढोकाबाट खसेर एक जनाकाे मृत्युु
लिबियाको तटमा रुसी युद्धपोत डुबाएको युक्रेनको दाबी
नेपाललाइभ कार्टुन
सम्बन्धित सामग्री
नेपाललाइभ कार्टुन सोमबार, मंसिर ७, २०८३
बालेनले दिए भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो सम्बोधन अघि दुवै देशका प्रधानमन्त्रीले सम्पन्न आयोजनाको उदघाटन गरेका थिए भने दुई देशबिचको सम्बन्धलाई आगामी दिनमा युगान्तकारी बनाउने... सोमबार, मंसिर ७, २०८३
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? प्रधानमन्त्री बालेनको भ्रमणको दोस्रो दिन सोमबार समझदारी भएको हो । सोमबार, मंसिर ७, २०८३
ताजा समाचारसबै
जिपको ढोकाबाट खसेर एक जनाकाे मृत्युु सोमबार, मंसिर ७, २०८३
लिबियाको तटमा रुसी युद्धपोत डुबाएको युक्रेनको दाबी सोमबार, मंसिर ७, २०८३
नेपाललाइभ कार्टुन सोमबार, मंसिर ७, २०८३
बालेनले दिए भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो सोमबार, मंसिर ७, २०८३
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
किन जारी भयो पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी ? आइतबार, मंसिर ६, २०८३
दानबहादुर कार्कीको रिटको सुनुवाई स्थगित सोमबार, मंसिर ७, २०८३
प्रधानमन्त्री बालेनसँगको भेटपछि भारतीय विदेशमन्त्रीले के भने ? आइतबार, मंसिर ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
प्रधानमन्त्री बालेनको भारत भ्रमणको ‘स्ट्रकचरल एनालाइसिस’ नेपाल लाइभ
प्रधानमन्त्रीको भारत भ्रमण : ठोस नतिजाको अपेक्षा धर्मेन्द्र झा
वृहत् शान्ति सम्झौता भएको त्यो दिन र यो समय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
स्कुटर दुर्घटनामा दुई जनाकाे मृत्युु सोमबार, कात्तिक ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्